[caption id="attachment_3212" align="alignleft" width="1024"]IMG_7354                                                                                     पत्रकार सम्मेलनमा महोत्सबको जानकारी गराउदै आयोजक । तस्विर बिकाश चाम्लिङ राई[/caption]

धरान/किरात राईहरुको भाषा,कला र संस्कृतिका कथामा केन्द्रित गरेर निर्माण गरिएका चत्रचित्रहरुको धरानमा प्रर्दशन गरिने भएको छ । जेठको अन्तिमसाता ‘किरात राई चलचित्र महोत्सव २०७३’ गरेर चलचित्रहरु प्रर्दशन गर्न लागिएको बिहिबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिईयो । ‘किरात राई, भाषा, कला र सास्कृतिक प्रवद्र्धन, किरात राई चलचित्रको निर्माण’भन्ने उदेश्यले नेपालमै पहिलो पटक धरानको शैनिक भवनमा जेष्ठ २९ र ३० गते महोत्सवको गर्न लागिएको आयोजकले जनाएको छ । राज्यले मुलधारका चलचित्रलाई मात्रै महत्वका साथ हेर्ने गरेको भन्दै किरात राई चलचित्रकर्मी सघंले राज्यलाई दबाब दिन पनि महत्सब आयोजना गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै सघंका अध्यक्ष दिवाज राई (किराती)ले किरातीहरुको मातृभाषामा बनाईएका चलचित्रहरुलाई पनि मुलधारमा समाबेश गराउने आफुहरुको अभियान रहेको बताए । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले उद्घाटन गर्ने महोत्सवमा उद्घाटनसंगै विभिन्न किराती झाकी, साकेला नाचकासाथै अन्य किराती सांस्कृतिक नाचको प्रदर्शन गरिने भएको छ ।  दुई दिनमा डिक वान्तवा राईले निर्देशन गरेको किरात राईहरुको  चलचित्र सिम्मा, रविना खालिङ्ग राईले निर्माण गरेको  आशु र युवराज राईले  निर्माण गरेको चलचित्र रिसिम प्रदर्शन गर्नुका साथै राईहरुको सस्कृति  झल्कने सेग्रो डकुमेन्ट्रीसमेत प्रदर्शन गरिने भएको छ ।पत्रकार सम्मेलनमा सघंका महासचिब केशब राई‘युप्स’,किरातीहरुको भाषा तथा संस्कृतीको खोज अनुसन्धान गरिरहेका सालीक सतासक लगायतको उपस्थिती रहेको थियो ।