धरान/फुटबलप्रेमीको ध्यान यतिखेर युरोपतिर केन्द्रित भएको छ । यसको कारण हो, जुन १० देखि जुलाई १० सम्म हुन लागेको युरो कप । युरो कपबारे विश्वका फुटबल पण्डितहरुको अड्कलबाजी पनि शुरु भइसकेको छ ।
यसपटक फ्रान्सका १० वटा रङ्गशालामा युरो कपका खेलहरु हुने छन् जसमा २४ वटा देशले ५१ वटा खेलहरु खेल्ने छन् । एक महिनासम्म हुने युरो महामेलामा संसारभरका मानिस फुटबल हेर्न फ्रान्स पुग्ने छन् । यतिखेर फुटबलप्रेमीहरु खेलको आनन्द लिने हतारोमा छन् भने फुटबल पण्डितहरु कुन खेलाडी चम्केला र कुन देश युरो कपको दाबेदार बन्ला भन्नेमा दिमाग घुमाइरहेका छन् । हरेक चार वर्षमा आउने फुटबल महामेला वल्र्डकपभन्दा युरो कपलाई पनि कम आँक्न मिल्दैन किनकि फुटबलको सम्पूर्ण आकर्षण नै युरोपमा टिकेको छ । महङ्गा खेलाडीहरुदेखि विश्वका महङ्गा क्लबहरुको बर्चश्वसम्म पनि युरोपमै छ । विश्वको ध्यान नै यो बेला युरो कपमा टिकेको छ र कुन देशका कुन खेलाडीले बर्चश्व कायम राख्लान्, यही प्रश्नमा फुटबलप्रेमीहरु अड्किरहेका छन् । २०१२ मा युरो च्याम्पियन बनेको स्पेनले वल्र्डकपमा पनि बचश्र्व राखेको थियो ।
टिकीटाँकाको फुटबल खेल्ने स्पेन यसपटक पनि युरो च्याम्पियन बन्ला ? धेरैको मनमा यस्ता प्रश्नहरु घुमिरहेका छन् । त्यसो त हालसम्म तीनपटक युरो च्याम्पियन बनिसकेको छ स्पेन जहाँ तीन ठूला क्लबहरु मात्र छैनन्, विश्वकै महङ्गा क्लबहरु पनि छन् । यद्यपि स्पेनको टिकीटाँका २०१२ को युरो कप र २०१० को वल्र्डकपमा जति चर्चित थियो, त्यो चर्चा यतिखेर बिस्तारै सेलाउँदै गएको छ ।
२४ देशले युरो कप खेल्ने छन् जहाँ तीनपटक युरो विजेता जर्मनी पनि छ । फ्रान्स आपैंm पनि दरिलो टिममा पर्छ तर त्यहाँ फुटबलका हस्ती करिम बेन्जामे अटेका छैनन् । यसले पनि फ्रान्सलाई केही घाटा हुने निश्चित छ ।
खेलाडीको चर्चा
युरो कपको जति चर्चा हुन्छ, त्योभन्दा बढी चर्चा खेलाडीहरुको हुने गरेको छ । अहिलेसम्म युरो कपमा निक्कै चर्चामा रहेका फुटबलर हुन्– क्रिष्टियानो रोनाल्डो । युईएफएले २४ मेदेखि २ जुनसम्म गरेको ‘टाइमलाइन ब्यारोमिटर’ मा सबैभन्दा अघि छन् रोनाल्डो । ३१ वर्षीय यी फुटबलर पोर्चुगिज हुन् भने रियल म्याड्रिडका स्टार । उनले आप्mनो देशका लागि हालसम्म ५६ गोल गरिसकेका छन् । ‘समूह एफ’ मा रहेको पोर्चुगलले पहिलो खेल आइसल्याण्डसँग खेल्दै छ जहाँ रोनाल्डोलाई सबैभन्दा बढी महत्वका साथ हेरिँदै छ । भर्खरै ईएसपीएनले गरेको सर्वेमा विश्वका नम्बर ‘वान’ खेलाडीमा उनी परेका छन् । उनले मेस्सीलाई समेत पछि पारेका छन् । खेल कौशलका कारण पनि उनी निक्कै चर्चित छन् । त्यस्तै ब्यारोमिटरअनुसार दोस्रो नम्बरमा छन् स्वीडेनका जेल्टन इब्राहिमोभिच । हालसम्म देशका लागि ७२ गोल गरिसकेका उनी पनि फरवार्ड हुन् । फ्रान्सको पेरिस क्लबबाट व्यावसायिक खेल खेल्ने इब्राहिमोभिचको देश ‘समूह ई’ बाट खेल्दै छ ।
तेस्रो नम्बरमा छन् फ्रान्सका दिमित्री पयेट । एट्याकिङ मिडफिल्डर पयेट केही दिन अघिसम्म ब्यारोमिटरमा ९ औँ स्थानमा थिए तर उनले जादुमयी हिसाबले ब्यारोमिटरमा आप्mनो बर्चश्व तेस्रो स्थानमा ल्याए । देशका लागि ३ गोल गरेका पयेटको देश ‘समूह ए’ मा छ । आयोजकसमेत रहेको उनको देश फ्रान्सबाट उनलाई निक्कै महत्वका साथ हेरिएको छ तर खेलमा उनले जादू देखाउने हुन् या होइनन्, जुन १० मा हुने उद्घाटन खेलबाटै थाहा हुने छ ।
ब्यारोमिटरअनुसार फ्रान्सकै फरवार्ड एन्टोनी ग्रिजमन चौथो स्थानमा छन् । उनले देशका लागि ७ गोल गरिसकेका छन् । त्यस्तै पाँचौँ नम्बरमा छन् बेलायतका जेम्स मिलनेर । सेन्ट्रल मिडफिल्डर उनले देशका लागि एक गोल गरेका छन् । युवा पुस्ताका उनलाई पनि महत्वका साथ हेरिएको छ । ‘समूह बी’ मा रहेको उनको देश बेलायतले यसपटक रसियासँग पहिलो खेल खेल्दै छ ।
को कुन समूहमा ?
यसपटकदेखि युरो कपमा देशहरुसमेत थपिएका छन् । केही देशले लामो समयपछि डेब्यु गरेको छ । सहभागी १६ देशलाई यसपटक बढाएर २४ बनाइएको छ जसमा ‘समूह ए’ मा फ्रान्स, रोमानिया, अल्बानिया र स्वीट्जरल्याण्ड छन् । ‘समूह बी’ मा वेल्स, स्लोभाकिया, इङ्ल्याण्ड र रसिया छन् भने ‘समूह सी’ मा पोल्याण्ड, नर्थर्न आयरल्याण्ड, जर्मनी र युक्रेन छन् । ‘समूह डी’ मा टर्की, क्रोएसिया, स्पेन र चेक रिपब्लिक छन् भने ‘समूह ई’ मा रिपब्लिक अफ आयरल्याण्ड, स्वीडेन, बेल्जियम र इटाली छन् । ‘समूह एफ’ मा अष्ट्रिया, हङ्गेरी, पोर्चुगल र आइसल्याण्ड छन् । युरो कपमा अल्बानिया, आइसल्याण्ड, नर्थर्न आयरल्याण्ड, स्लोभाकिया र वेल्स डेब्यु टिमहरु हुन् । युक्रेन र अष्ट्रिया दोस्रोपटक युरो कपमा भिड्दै छन् ।
कुन देशले कति जिते युरो कप ?
सन् १९६० मा शुरु भएको युरो कप जित्नेमा जर्मनी र स्पेन टाइअप छन् । उनीहरुले ३–३ पटक युरो कप उचालेका छन् । यसपटकको आयोजक फ्रान्सले २ पटक, चेकोस्लाभियाले १ पटक, डेनमार्क, ग्रिस, इटाली, नेदरल्याण्ड र युएसएसआरले एक–एकपटक उपाधि उचालेका छन् ।