काडमाण्डौ / चितवनको नारायणगढ– मुग्लिन सडकखण्ड अहिले बिहान खसेको पहिराका कारण पुनः अवरुद्ध भएको छ । सडक अवरुद्ध हुदा पूर्व राजधानी आवजजातव गर्ने हजारौ सवारी साधन अलपत्र परेका छन् । उक्त खण्डअन्तर्गत चण्डिभन्ज्याङ–५ स्थित पाँच किलोमा पहिरो खसेर सडक बन्द भएको प्रहरीले जनाएको छ । गए राति २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक ४ः३० बजे खुलाइएकामा बिहान ६ः४० मिनेटमा पुनः पहिरो खसेर बन्द हुन पुगेको बताइएको छ ।
प्रहरीका अनुसार राति पहिरो खसेका बेला जनकपुरबाट काठमाडौँ जाँदै गरेको ना५ख ३८६२ नंको बसलाई पहिराबाट निकालिएको थियो ।
सडक खुलाउन डोजरको सहायतामा प्रहरी परिचालन गरिएको जनाइएको छ । नारायणगढ मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले सामान्य पानी पर्दा पनि विभिन्न क्षेत्रमा पहिरो गएर अवरुद्ध हुने गरेको छ । रासस