imagesसिन्धुली /  डुढभञ्ज्याङ गाविसका किसानले जिल्ला कृषि विकास कार्यालयका प्रमुख होमराज विष्टलाई किरा र रोग लागेका बिरुवा उपहार दिएका छन् । गाउँमा कृषिसम्बन्धी कार्यक्रम लिएर पुगगेका विष्टलाई स्थानीय किसानले किराको निदान र रोग पत्ता लगाउन बिरुवा दिएका हुन् । “तरकारी बालीमा लाग्ने रोग र किराको अन्त्य गरिदिनु प¥यो, हामीले जती उपाय अपनाए पनि तरकारी फलाएर उचित आम्दानी लिन सकेनौँ,” स्थानीय किसानले कार्यालय प्रमुख विष्टसमक्ष गुनासो गरे । “बल्लतल्ल तरकारी लगाए, किराले उँभो लाग्न दिँदैन, दिन रात किरा मार्दै समय बित्ने गरेको छ,” स्थानीय किसान नारण सुनुवारले दुखेसो पोखे । रातभर बारीमा बत्ती बालेर किरा मार्ने गरेको उनको भनाइ छ । किराले सबै तरकारी बालीमा क्षति पु¥याएको र फल्ने बेलामा रोग लागेर ओइलाउने गरेको किसानले कार्यालय प्रमुख विष्टसमक्ष दुःखेसो पोखे । उनीहरुले तालिमको व्यवस्था गरिदिन आग्रह गरे । वार्षिक रु ५० हजारदेखि रु दुई लाखसम्म बचत गर्ने गरेको किसानहरु बताउँछन् । एक गाविस एक प्राविधिकको अवधारणा लागु गर्नुपर्नेमा किसानले जो दिएका छन् । कृषि प्राविधिक गाउँमा नआउँदा किसान बीउबिजनदेखि, विषादीमा ठगिँदा उत्पादन र उपभोगमा समस्या सिर्जना भएको छ । किसानका माग सकेसम्म सम्बोधन गर्ने भन्दै कार्यालय प्रमुख विष्टले सङ्कलन भएका किरा र बिरुवालाई ल्याबमा परीक्षण गरेर समाधान खोज्ने आश्वासन दिए । समाधानका उपायका बारेमा आफै आएर किसानलाई जानकारी गराउँछु,” उनले भने । रासस