शनिश्चरे /तेस्रो मुलुक पुनर्वासमा गइनसकेका झापा र मोरङस्थित शिविरका भूटानी शरणार्थीहरुले आप्mना लागि स्वदेश फीर्तिनै दीर्घकालीन समाधान भएकाले सम्बन्धित निकायले त्यसतर्पm पहल गरिदिन माग दोहो¥याएका छन् । १६ औं अन्तर्राष्ट्रिय शरणार्थी दिवस मनाउने क्रममा सोमबार झापाको दमकस्थित बेलडाँगी शिविरमा आयोजित कार्यक्रममा बोल्दै शिविर सचिव सञ्चहाङ सुब्बाले तेस्रो मुलुक पुनर्वास कार्यक्रमले फेरि पनि आपूmहरुलाई शरणार्थी नै बनाउने अवस्था देखिने उल्लेख गरे । उनले भने, ‘त्यसकारण यसको दिगो र न्यायोचित समाधान स्वदेश फीर्ति नै हो र यसमा नेपाल सरकार सहितका सरोकारवालाहरुले ध्यान पु¥याउनै पर्छ ।’ सो शिविरका पूर्व सचिव डीबी सुब्बाले आप्mनो जन्मभूमि फर्किने इच्छा बोकेकाहरु शिविरहुँदै तेस्रो मुलुकमा विलय गराइनु मानवअधिकारको घोर उल्लङ्घन भएको टिप्पणी गरे । उनले शिविरमा १५ हजार हाराहारीमा शरणार्थी रहेको र उनीहरु आप्mनो देश जान चाहिरहेको समेत दाबी गरे । भूटानी शरणार्थी जेष्ठ नागरिक स्वदेश फीर्ति समूहले युएनएचसीआर दमकमार्पmत जेनेभा मुख्य कार्यालयलाई सम्बोधन गर्दै भूटानीहरुको स्वदेश फीर्ति कार्यलाई चाँडोरुपमा शुरु गर्न माग गरेर ज्ञापनपत्र बुझाएको छ । युएचएचसीआर दमकका प्रमुख सिन्जी कुबोले तेस्रो मुलुक पुनर्वासका क्रममा परिवार विखण्डनमा परेका शरणार्थीहरुको समस्या चाँडै समाधान हुने बताउँदै तेस्रो मुलुक पुनर्वासको पक्षमा मन्तव्य दिए । सो क्रममा उनले भने, ‘बाँकी रहेका शरणार्थीका लागि उनीहरुको इच्छाअनुसार तेस्रो देश वा स्वदेश फीर्तिका लागि सबै पक्षको समन्वयकारी भूमिका आवश्यक रहनु पर्नेछ ।’ ‘हामी शरणार्थी सँगसँगै उभिन्छौं’ भन्ने नाराका साथ विश्व शरणार्थी दिवसको अवसरमा बेलडाँगी–१ मा भक्त राई लगायत अन्य शरणार्थी चित्रकार र मूर्तिकारले निर्माण गरेको सङ्ग्रहालयको समेत उद्घाटन गरिएको छ । सङ्ग्रहालयमा भूटानी शरणार्थीहरुले दुई दशक शिविरमा भोगे र गरेका विभिन्न साँस्कृतिक, सामाजिक , शैक्षिक र कलाकारिताका कुरालाई चित्र, मूर्तिमार्पmत प्रष्ट्याइएका वस्तुहरु सङ्ग्रहित गरिएको छ ।