धरान / युरो कप अन्तर्गत अन्तिम आठको खेलमा पोल्याण्डलाई पेनाल्टी सुटआउटबाट ५–३ गोल अन्तरले पराजित गर्दै पोर्चुगल अन्तिम चारमा प्रवेश गरेको छ । Ronaldo पोल्याण्डको चौथो पेनाल्टी पोर्चुगलका गोलरक्षकले रोकेपछि पोल्याण्डको अन्तिम चारमा प्रवेश गर्ने सम्भावना टरेको थियो । खेलको सुरुवाती दुई मिनेटमै रोबर्ट लेभान्डोस्कीको उत्कृष्ट खेलको सुरुवात गरेको पोल्याण्डलाई ३२ मिनेटसम्म सहज बन्यो । तर, पोर्चुगलका सबैभन्दा कान्छा खेलाडी रेनाटो सान्चेजले ३३ औं मिनेटमा नानीको ब्याक पासलाई सुन्दर गोलमा परिणत गर्दै बराबरी गरे । पहिलो हाफमा दुबै टिमबाट गोल भए पनि दोस्रो हाफमा दुबै टिमहरुले गोल गर्नबाट चुके । पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले केही अवसरहरु प्राप्त गरे पनि सदुपयोग गर्न सकेनन् । खेलमा पोर्चुगलको भन्दा पोजिसनको हिसावले पोल्याण्ड दर्बिलो थियो । तर, अवसरहरु पोल्याण्ड भन्दा पोर्चुगलले धेरै पाएको थियो । केही अवसरहरु खेर जाँदा पहिलो पटक युरो कपमा क्वाटरफाइलनसम्म प्रवेश गरेको पोल्याण्ड त्यसै घर फिर्न बाध्य बन्यो । पोर्चुगल योसँगै चौथो पटक युरो कपमा सेमिफाइलनमा प्रवेश गर्ने देश बनेको छ । सन् २००४ मा आफ्नै देशमा पोर्चुगलले ग्रिससँग फाइलनमा निरास बनेको थियो । त्यसपछि पहिलो पटक सेमिफाइलनमा पुगेको हो । यस अघि २०१२ को अन्तिम १६ मा स्पेनसँग ट्राइबेकरमै हार बेहोरेपछि घर फिर्न बाध्य बनेको थियो । पोर्चुगलले समूह एफबाट यो पटक उत्कृष्टताको आधारमा तेस्रो भए पनि प्रिक्वाटरमा छिरेको थियो । अहिलेसम्म उसको खेल उत्कृष्ट नभए पनि अन्तिसमयमा जित्दै सेमिफाइनलसम्म आइपुगेको छ । निर्धारित समयसम्म १–१ को बराबरी खेलेको टिमले अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि ट्राइबेकरमा गएको थियो । उपाधिको नजिक पुग्नको लागि पोर्चुगलले अवको बेल्जियम र वेल्सको विजेतासँग अन्तिम चारमा भिड्नु पर्ने छ । हेड टु हेडको आधारमा यस अघि पोर्चुगल र पोल्याड १० पटक भेट भएका थिए । जसमा पोचूृगलले ४ खेल जित, ३ बराबरी र १ मा पोल्णढ हावी भएको थियो । यता फेरि १ पटक पोल्णड पोर्चुगलबाट पराजित बनेको छ ।