मिस ईलाम वनेर मोडलिङको क्षेत्रमा उदाएकी अनन्या सुवेदी युवतिको भिडभित्रकी त्यस्ति युवति हुन् , जो आफु मृत्युको मुखवाट फर्केर आएकाले आफ्नो फाईदाको जिवन समाजलाई समर्पण गर्न चाहन्छिन् । आफु सानोमा निकै रोगि रहेको र एकपटक सवैले माया मारीसकेपछि मृत्युको मुखवाट फर्किएर आएकाले आफुलाई माया गर्ने र सहयोग गर्ने सवैलाई केही दिने चाहना वोकेको उनले सुनाईन् । जन्मभुमीलाई सवैले माया गर्छन् तर यी त्यस्ती युवति हुन् जो आफ्नो जन्मभुमिलाई रत्तिभर माया गर्दीनन् । उनि भन्छिन् ' म आफ्नो देशलाई माया गर्छु , जन्मभुमिलाई हैन । माया गर्ने आफ्नो देशलाई हो जन्मिएको भुमिलाई हैन। ' आफु भारतको पश्चिम वंगाल स्थित पानी घट्टमा जन्मिएको भएपनि माया भने नेपाली भएकाले नेपालकै लाग्ने उनि वताउँछिन् । annya विध्यालय र स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा सँधै अग्रभागमा देखिने उनि पहिलो पटक भएको प्रतियोगितामा मिस ईलाम हुदै मोडलिङको दुनियामा प्रवेश गरीन् , हालकी मिस ईलाम समेत रहेकी उनि मिस मेची , मिस पुर्वाञ्चल वन्दै मिस नेपाल वन्ने लक्ष्य सहित हिडेको उनी वताउँदछिन् । उनले प्रारम्भिक कालमा निकै संघर्ष गरेर यो क्षेत्रमा प्रवेश गरेको तर अहिले भने सवैले सहयोग र हौसला दिने गरेको सुनाईन् । सपना नदेख्ने हरु सफल नहुने तर्कमा विस्वास गर्ने उनि आफ्नो सपना पुरा गर्न लगाव , मेहनत र परीश्रम गर्नु पर्ने वताउँदै थप्छिन ' मेरो मोडल हुने सपना हो , प्यासन नै वन्यो कुनै कुरा भने असफल कोही वन्दैन ' मोडलिङ सँगै आकाशकी परी मानिने 'एयर होस्टेज ' वन्ने लक्ष्य समेत रहेको उनले सुनाईन् । ईलामको पर्यटन क्षेत्रको विकासका लागि आफुले सकेको भुमिका खेल्ने सुनाउँदै उनले आफुले प्रचारमा सहयोग गरीराखेको वताईन् । देश विकासको मुख्य आधार मानिएका क्षेत्रमध्ये पर्यटन पनि एक क्षेत्र भएको र आफु पर्यटकीय स्थान भएका हिसावले ईलाममा पर्यटक भित्र्याउन सकेको प्रचार गर्ने उनको भनाई छ । मेचीकी सुन्दरी वन्ने उदेश्य वोकेर अहिले कडा मेहनत गरीरहेकी १६ वर्षीया अनन्या आफ्ना लागि जित जरुरत रहेको सुनाउँछिन् । आफुले आफ्नो लक्ष्य निश्चित गरेकाले मिस मेची , मिस पुर्वाञ्चल हुदै मिस नोपाल हुनका लागि जित्नै पर्ने भएको वताउँदै उनि भन्छिन् ' देखिएका सपना माथिको विजय नै अनन्याको पहिचान र परीचय हो ' 'कला , अभिनय र मनोरञ्जनको क्षेत्रवाट अहिले पनि करोडौ रुपैया विदेशिरहेको छ , त्यसलाई रोक्न पनि यो क्षेत्रमा वृहत सहभागिता आवस्यक छ ।' उनले भनिन् । हरेक क्षेत्रमा सकारात्मक र नकारात्मक पाटाहरु रहने वताउँदै उनले भनिन् ' आफ्नो काम र गतिविधिलाई सकारात्मक वनाउने या नकारात्मक वनाउने भन्ने कुरा व्यक्तिमा भर पर्ने तर्क गर्दै उनले केहीले खरावी गरे भन्दैमा सवै खराव नहुने उल्लेख गरेकी छिन् । annya (1) annya (2) annya (3) annya (4) annya (5) annya (6)