धरान /France_flag_football_1-600x450 index यसपटकको युरोमा फुटबलप्रेमीको लागि एउटा संयोग मिलेको छ । त्यो के भने फाइनलका दाबेदार हस्तीहरुको खेल फाइनल पुग्नु अघि नै हेर्न पाउनु । फाइनल सरहको खेल क्वाटरफाइनलमै जर्मनी र इटाली बिचको खेल हेर्न पाए दर्शकले । दाबेदार राष्ट्रहरुको खेल यो पटकको फाइनल पुग्नु अघि नै दुई पटक हेर्न पाउने भएका छन् दर्शकहरुले । फेरि सेमिफाइलनको अन्तिम खेल आयोजक राष्ट्र फ्रान्स र चारपटकको विश्वविजेता जर्मनी बिच महाभिडन्त हुँदै छ । तर, यि राष्ट्रहरुको सम्बन्धलाई केलाउँने हो भने एउटा तथ्य हामीसामू छ । दोस्रो विश्वयुद्ध हाम्रो सामू ताजै हुन्छ, यि राष्ट्रहरुको सम्बन्धलाई हेर्ने हो भने । १९३९ बाट जव जर्मनका हिटलरले विश्वयुद्ध छेडे । त्यसबेला फ्रान्सका मुसोलिनीले पनि जर्मनलाई साथ दिए । हिटलरले ६० लाख यहुदीहरु हत्या गरिरहँदा विश्वको ध्यान त्यसतर्फ केन्द्रीत थियो । जहाँ मुसोलिनी अर्का हिटलर थिए । यि दुई देशको दौत्य सम्बन्ध पनि रोचक लाग्दो छ । त्यसो त ‘माक्र्सइजम’ का प्रवर्तक कालमाक्र्सलाई देश निकाला गरेपछि फ्रान्स छिरे पनि जर्मनको अनुरोधमा कालमाक्र्सलाई त्यहाँबाटसमेत निस्कासन गरियो । त्यहाँबाट उनी बेल्जियम पुगेका थिए । जुन् घटना १८४१ पछिको हो । त्यो बेलादेखिको जर्मनी र फ्रान्सको दौत्य सम्बन्धलाई यतिखेर फुटबलमा तुलना गर्दा थप रोचक हुने छ । विश्वयुद्धका दुई महारथीहरु फुटबलमा यतिखेर आमनेसामने छन् । अन्तर्राष्ट्रिय फुटबलमा जर्मनीको दवदवा जति छ त्यति दवदवा फ्रान्सको छैन् । विश्वकपलाई हेर्ने हो भने पनि जर्मनीले १९५४, १९७४, १९९० र २०१४ उचालेको छ भने युरोमा १९७२, १९८० र १९९६ को च्याम्पियन हो । तर, फिफा कन्फडेरेसन कपलाई हेर्ने हो भने जर्मनी भन्दा फ्रान्स केही अघि छ । फ्रान्सले अहिलेसम्म एउटा मात्रै विश्वकप उचालेको छ । त्यो पनि १९९८ को विश्वकप । युरो कपमा उसको इतिहास पनि त्यति भरपर्दो छैन् । १९८४ र २००० गरी दुई पटक युरो च्याम्पियन भएको फ्रान्स युरो कपको सुरुवातदेखि नै खेल्ने देशमा पर्छ । दुई देशको युरो इतिहास १९६० देखि सुरु भएको युरो कपमा फ्रान्स उपाधिविहीन बने पनि छनौट पर्ने देशमा पछ्र्र । तर, त्यो बेला जर्मनीले छनौट नै भएन् । त्यसपछिका युरो कपमा फ्रान्स ६ पटक छनौटमै परेन् । स्न १९६४ देखि लगातार १९८० सम्म छनौटमा परेन् फ्रान्स । त्यस्तै १९८८ मा पनि छनौटबाटै बाहिरिने देशमा पर्छ फ्रान्स । तर, १९८४ मा युरोमा उसले बलियो दाबेदारी मात्रै प्रस्तुत गरेन् । च्याम्पियनसमेत बन्यो । तर, त्यो बेला आयोजक राष्ट्रको रुपमा फ्रान्स नै थियो । सन् १९६० र ६४ मा सहभागिता नै नजनाएको जर्मनी भने १९६८ मा छनौट नै हुन सकेन् । तर, १९७२ देखि छनौट भएको जर्मनीले त्यही वर्ष विश्वलाई चकित पार्ने गरी च्याम्पियन बन्यो । त्यसपछि लगातार हालसम्म युरो छनौटमा परिरहने देशमासमेत पर्छ । सन् २००६ को विश्वकपदेखि यता युरो कपमासमेत सेमिफाइलनमा पुग्ने देश भने जर्मनी मात्रै एक हो । सन् २००६ को विश्वकपमा फ्रान्स रनरअप मै सिमित बन्यो । त्यसो त, फिफा कन्फेडेरेसन कपमा भने २००१ र २००३ को च्याम्पिनय हो फ्रान्स । फ्रान्स २० वर्षपछि मात्रै युरोको सेमिफाइलनमा पुग्न सफल भएको छ । १९९६ मा सेमिफाइनलसम्म पुगेको फ्रान्सले त्यसयता युरोमा सेमिफाइलनसम्म पुगेको यो पटक मात्रै हो । हेड टु हेड यि दुई देशको हेड टु हेड झनै रोचक छ । हेड टु हेड आधारमा फ्रान्स जर्मन भन्दा अघि छ । यी दुई देश बीच २७ पटक अन्तर्राष्ट्रिय खेलमा भेट भएको छ । जसमा १२ पटक फ्रान्सले जर्मनीलाई पराजित गरेको छ भने १० पटक जर्मनीले फ्रान्सलाई । ५ पटक ड्र भएका छन् । अन्तर्राष्ट्रिय खेल त्यसमा पनि उपाधिका लागि भएका भिडन्तहरुमा जर्मनीले फ्रान्सलाई नराम्ररी पराजित गरेको इतिहास छ । फ्रान्स जर्मनीमाथि १२ पटक जित निकाले पनि विश्वकपको अधिकांस खेलहरुमा जर्मनी हावी भएको छ । जर्मनीमाथि खाली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरुमा मात्रै फ्रान्सले जित निकालेको छ । फ्रान्सले सन् १९५८ को विश्वकपको तेस्रो स्थानको लागि भएको खेलमा मात्रै जितेको छ । त्यस बेला फ्रान्सले जर्मनीलाई ६(३ गोल अन्तरले हराउन सफल भएको थियो । तर, त्यसपछिका विश्वकपहरुमा फ्रान्समाथि जर्मनी हावी छ । को फाइलनमा पुग्ला ? अहिलेसम्मको आँकडालाई अध्ययन गर्दा जर्मनी केही दरिलो छ । जसरी हेड टु हेडमा १२ पटक फ्रान्सले जर्मनीलाई जिते पनि विश्वकप, युरो कपहरुमा जर्मनीले नै जितेको देखिन्छ । जस्तो १९८२ को विश्वकपमा फ्रान्स र जर्मनी ३(३ को बराबरीमा रोकिएपछि ट्राइबेकरमा ५(४ गोलले जर्मनीले जितेको थियो । त्यो बेला सेमिफाइलनमै फ्रान्स हारेको थियो । त्यस्तै सन् १९८६ को विश्वकपमा पनि जर्मनीले फ्रान्सलाई सेमिफाइलन मै २(० गोल अन्तरले पराजित गरेको थियो । २०१४ को क्वाटर फाइलन खेलमा पनि फ्रान्सलाई जर्मनीले १(० गोलले नै जितेको थियो । तर, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरुमा भने अधिकांस खेल जर्मनी हारेको छ । यस हिसावले हेर्दा जर्मनी फाइलनमा पुग्ने दाबेदार टिम हो भन्न सकिन्छ । तर, आयोजक राष्ट्र र यस अघिको आयोजक राष्ट्र भएकै बेला जितेको युरोको इतिहासलाई हेर्ने हो भने फ्रान्सलाई कम आँक्न मिल्दैन् । किनकी युरो कपको छनौट पछिको मैत्रीपूर्ण खेलमा फ्रान्सले २(० गोलले जर्मनीलाई हराएको छ । त्यही उच्च मनोबलका साथ फ्रान्स मैदानमा उत्रिदै छ । जर्मनीका केही खेलाडीले सेमिफाइनल खेल गुमाउँदै छन् । जसमा मारियो गोमेजको ह्यामस्ट्रिङले गर्दा खेल गुमाउने पक्कापक्की भइसकेको छ । उनी जर्मनीका भरपर्दा खेलाडी हुन् । त्यस्तै अन्य ५ जना खेलाडीहरुले पनि समूह चरणदेखि सेमिफाइलनसम्म आइपुग्दा पहेलो कार्ड खाएका छन् । ति मध्ये केही खेलाडीले सेमिफाइनल खेल गुमाउँदै छन् । थोमस मुलरले विश्वकपमा जति जादुमयी गर्न सकेका छैनन् । तर, फ्रान्सका खेलाडीहरु उच्च मनोबल मात्रै हैन, केही खेलाडीहरुलाई जर्मनीले रोक्न नसकेमा फ्रान्सको जित निश्चित हुनेछ । दिमित्री पयेट, एन्टोनी ग्रिजम्यान, ओलिभर जिराउड, पोग्बा फ्रान्सका भरपर्दा खेलाडीहरु हुन् । जसले टोटल फुटबल खेल्न सक्छ । तर, पनि यि दुई देशको टोटल फुटबल हेर्नको लागि भने शुक्रबारसम्म पर्खिनु पर्ने छ ।