विजयपुर/ इटहरीमा होटल म्यानेजमेन्ट पढाईहुने प्राबिधिक शिक्षालय सुरु भएको छ । अष्ट्रेलियमा १२ बर्ष होटल म्यानेजमेन्ट पढाएर आएका पृथ्वीराज पराजुलीले एड्भासन्स डिप्लोमा इन होटल म्यानेजमेन्ट र डिम्लोमा इन होटल म्यनेजमेन्टको अध्ययन गर्न स्कील क्याम्पस स्थापना गरेका हुन ।
उनले होटल म्यानेजमेन्टमा लक्षित गरेर सञ्चालनमा ल्याएको आफ्नो पहिलो कलेज भएको दाबि गरेका छन् । एसएलसी पास गरेका बिद्यार्थीहरुले र्दुइ बर्ष अध्ययन गरेपछि ब्याचलर इन होटल म्यानेजमेन्ट पढ्न पनि पाउने उनले बताए । यहाँ होटल म्यानेजमेन्ट सम्बन्धि कोर्षहरुमात्र पढाईन्छ पराजुलीले भने ‘ पुर्ण रुपमा प्राक्टिकल हुने भएकाले शिक्षाको गुणस्तरमा हामी कम्प्रमाईज गर्दैनौ । स्कील क्यामपस स्कटल्याण्डको एस क्यु एबाट सर्टिफाई भएको उनले बताए । थप अध्ययनका लागि बिदेश जान चाहाने हरुका लागि हामी यो अध्ययन सहयोगी बन्ने उनको भनाई छ ।
दुई बर्ष पढेपछि नेपालमा रोजगारीको कुनै समस्या हुदैन ,बिदेश गएर काम गर्न चाहानेहरुका लागी हामी सहयोग गछौं उनले भने ।
स्कील क्याम्पसले पहिलो बर्ष २५ जना बिद्यार्थीइमात्र भर्ना लिने भएको छ ।