धरान  /  ओम अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पछिल्लो समय स्वास्थ्यमा केही सुधार आएको बताइएको छ । अस्पतालले पत्रकार सम्मेलन गरेर कोइरालाको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छ । विहानको भन्दा स्वास्थ्यमा केही सुधार आएको भन्दै डा लव जोशीले भोलिसम्म यहि अस्वस्थामा राख्न सकियो भने सुधार हुने बताए । कांग्रेस महामन्त्री कोइरालालाई भेट्नेहरूले कोइरालाको आँखा खुलेको बताएका छन् ।  भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ र उनको शरीरमा अक्सिजन र रक्तचापमा पनि सुधार देखिएको चिकित्सकले बताएका छन् ।  तर कोइरालाको शरीरको अधिकांश भागमा संक्रमण फैलिएकाले अवस्था गमभीर भएको बताईएको छ । महामन्त्री डा. कोइरालालाई निमोनिया भएकाले श्वासप्रश्वासमा सहज होस् भनेर छातीमा ट्युब राखिएको चिकित्सकलेबताए ।  मिर्गौला र कलेजोमा पनि सामान्य समस्या देखिएको छ । समस्याको पहिचान गर्न चारवटा एक्सरे गरिएको छ । उपचारमा अन्य विशिष्ठ डाक्टरहरु डा। भगवान कोइराला, डा. अर्जुन कार्की, शशांक पत्नी सुपात्रालगायत १५ जनाको टोली खटिएको डा. जोशीले बताए ।

......................................................................................................

शशांकलाई भारत लैजान सुविधायुक्त एम्वुलेन्स अभाव

ओम अस्पतालमा उपचाररत काग्रेस नेता डा.image शशांक कोईरालालाई भेन्टिलेटरयुक्त एम्वुलेन्स  नभएका कारण भारत लान समस्या भएको छ ।

थप उपचारका लागि भारत लाने भनिएपनि चावहिव स्थित ओम अस्पतालवाट एयरपोर्ट सम्म लान भेन्टिलेटरयुक्त एम्वुलेन्स नेपालसँग नभएका कारण लान नसकिएको हो ।

उपचाररत कोइरालालाई थप उपचारका लागि दिल्ली लैजान कांग्रेस नेताहरुले बुधबार बिहानैदेखि जोड गरेको भएपनि अहिले सम्मपनि सफल हुन सकेको छैन । विमानस्थलसम्म एयर एम्वुलेन्स ल्याउन सम्भव भएपनि भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेरमात्रै विमानस्थलसम्म पुर्‍याउनुपर्ने भएकाले डाक्टरहरुले यो वीचको बाटोमा कसरी लैजाने भन्दै प्रश्न उठाएपछि त्यो प्रयास सफल हुन नसकेको हो ।

नेपालमा एउटा पनि एम्वुलेन्स भेन्टिलेटर सहितको नरहेको चिकित्सकहरुले वताईरहँदा नेताहरुले टाउको निहुराएका थिए ।

थप उपचारका लागि भारत लैजाने कि नलैजाने भन्ने विषयमा समेत विवाद देखिएको छ । ओम अस्पतालमै कार्यरत शशांक पत्नी डा। सुपात्राले भने भारतमा जति उपचार नेपालमै सम्मभव रहेको वताएको स्रोतहरुले जनाएका छन् ।

उनलाई  भारत लैजाने कि नलैजाने भन्नेमा कांग्रेसभित्र विवाद भने कायमै छ । सुपात्राको पक्षमा ओम अस्पतालका डाक्टरहरुले साथ दिएका छन् तर एयरपोर्टसम्म लैजान एयर एम्बुलेन्स झिकाईए भारत लैजाने विकल्पमा आफूहरु तयार रहेको डाक्टरहरुको भनाइ छ । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स दुईवटा छन् । शहिद गंगालाल, नर्भिक लगायत अस्पतालमा पनि सुविधायुक्त भेन्टिलेटर जडित एम्बुलेन्सहरु छन् । तर, शशांकको उपचारमा संलग्न डाक्टरहरुले नेताहरुलाई किन यस्तो भने आश्चर्य र संकाको विषय भएको छ ।