अष्ट्रेलिया/नेपालमा सफलताका साथ चलिरहेको नेपाली चलचित्र लुकामारी अष्ट्रेलियाको पर्यटकिय शहर गोल्डकोष्टमा देखाइने भएको छ । नेपाली चलचित्र र कलासंस्कृती सम्बन्धि बिभिन्न कार्यक्रम गर्न स्थापना गरिएको ओजनेप इन्टरटेन्मेन्टले उक्त चलचित्रलाई पहिलोपटक क्वीन्स्ल्यान्डको गोल्डकोष्टमा देखाउन लागेको हो । 13608089_1051485338221146_1991926661_n यही जुलाईको १३ तारिख बुधबार इभेन्ट सिनेमा अष्ट्रेलिया फेयरमा प्रदर्शन गर्न लागिएको हो । संस्थाका सुमन थापाका अनुसार गोल्टकोष्टमा नेपाली चलचित्रलाई माया गर्ने नेपालीहरु धेरै रहेकाले पहिलो शो गोल्डकोष्टमा गर्न लागिएको बताए । सौगात मल्ल, कर्मा, सुरबिना कार्कि, बिक्रम सिंह लगायतका कलाकारहरुको अभिनय रहेको उक्त चलचित्रलाई श्रीराम दहालले निर्देशन गरेका हुन् । टेढो आँखा भएको गाउँले युवाको पृथक भुमिका गरेका सौगात मल्लको यस चलचित्रलाई नेपालमा राम्रो रुचाइएको छ ।