विजयपुर /आईतबार बसेको मन्त्रिपरिषदको बैठकले धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिशिष्ट सेवा सञ्चालन गर्न २० करोड रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । अब धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा जटिल रोगहरुको पनि परिक्षण र उपचार हुने भएको छ । bp hosp प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले प्रतिष्ठान  ‘स्पेशल सेवा’ सञ्चालन गर्न सवल हुदै गएको बताए । प्रतिष्ठानले क्याथ  ल्याब,एमआरर्आइ गर्ने आधुनीक उपकरण,एक्सरे समन्धि आधुनीक मेसीनहरु खरिद गर्न सरकारसँग ४२ करोड रुपैया माग गरेको थियो ।‘ सरकारले २० करोड रुपैया उपलब्ध गराएको छ,केहि उपकरणहरु खरिद गर्न बाटो खुलेको छ ।’ यसैगरि आईतबारकै मन्त्रिपरिषद बैठकले चिनलाई अध्यन ,अनुसन्धान र खोज गर्न दुई जोडि गैडा उपहार दिने निर्णय गरेको छ । बैठकले पूर्वमन्त्री एवं पूर्व कानूनसचिव माधव पौडेललाई नेपाल कानून आयोगको अध्यक्षमा नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले प्रदेशका मुख्य मन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधा सम्बन्धी विधेयक तयार पार्नका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । त्यस्तै निजामती सेवामा इन्जिनियरिङ्ग सेवा तर्फबाट रामानन्दप्रसाद यादवलाई सचिवमा बढुवा गरेको छ । नेपाली सेनाका १० जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ भने १६ जना महासेनानीको सरुवाको निर्णय गरेको सरकारका प्रवक्ता संचारमन्त्री राईले जानकारी  दिए ।