चोरी मुद्दाका फरार एक पक्राउ
विराटनगर / अदालतबाट कैद तथा जरिवाना फैसला भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने सिलसिलामा चोरी मुद्दाका फरार एक व्यक्ति मङ्गलबार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङ विराटनगर-५ बस्ने २९ वर्षिय मिथलेस कुमार शर्मा रहेका छन। शर्मालाई सुनसरी जिल्ला अदालतले चोरी मुद्दामा २०७१ सालमा १ लाख २४ हजार १ सय २५ रुपैया जरिवानाको फैसला गरेको थियो।
क्षेत्रीय अनुसन्धान समुहको टोलीले शर्मालाई आज विहान उनकै घर वतनबाट पक्राउ गरी अदालतमा उपस्थित गराई फैसला बमोजिमको रकम असुल उपर गराइएको हो।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































