अज्ञात सवारीको ठक्करबाट एक घाइते
इलाम / मेची राजमार्गमा बुधबार अज्ञात सवारीको ठक्करबाट एकजना घाइते बनेका छन् ।
इलामको सूर्योदयस्थित मेची राजमार्गमा ठक्कर दिँदा सूर्योदय ६ बस्ने दीपेन याङमाङ्ग रहेका छन् । उनलाई राति पैदल हिड्दै गर्दा ठक्कर दिएको थियो । घाइते बनेका दीपेनलाई फिक्कल अस्पताल इलाममा उपचार भइरहेको छ ।
ठक्कर दिने सवारीको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































