धरान / नायक दयाहाङ राइको क्रेज यति छ कि उनी जस्तोसुकै फिल्ममा पनि खेलिरहेका छन् । जसका कारण कहिलेकाही उनको फिल्म फ्लपको सूचीमासमेत तानिदै गएको छ । dayahang तर, उनी यतिखेर फेरि अर्को फिल्मको लागि केन्द्रीय भूमिकामा छन् । उनको यो भूमिकामा भने हामीले उनलाई सोचेभन्दा धेरै फरक पाउँने छौं । कारण, उनको जिउ सधैको जस्तो भद्दा हुने छैन् । उनले आफ्नो जिउलाई स्मार्ट र सेक्सी लुकमा ढालेका छन् । हालै निर्माण सम्पन्न भएको वीरविक्रमको लागि उनी स्लिम बनेका हुन् । निर्देशक मिलन चाम्सले चलचित्रमा उनलाई स्लिम बन्नको लागि प्रेरित गरे नभन्दै उनी स्लिम बन्न जोड दिएका हुन् । त्यसपछि नै उनले आफ्नो जिउलाई घटाएका हुन् । तर, उनले आफ्नो तौल कति छ भन्ने उनलाई नै थाहा छैन् रे । चलचित्रका नायक अनुपविक्रम शाहीले पनि ‘वीर विक्रम’ उत्कृष्ट बनेको बताए । अर्का कलाकार अर्पण थापाले हाँस्य भूमिकामा देखिनु आफ्ना लागि नयाँ भएको बताए ।