अष्ट्रेलिया / नेपाली चलचित्रको पछिल्लो समय विदेशी देशहरु मध्ये अष्ट्रेलिया निकै भरपर्दो व्यापारिक केन्द्रको रुपमा स्थापित हुदै गइरहेको छ । नेपाली फिल्मको बजारहरु निकै भरपर्दो मानिएको अष्ट्रेलियामा लुट-२ र पुरानो ढुंगा प्रदर्शन गरिने भएको छ । त्यसको लागि अष्ट्रेलियामा डान्स पार्टी नै राखिएको छ । loot 2 ईपि माईग्रेसन र हो र होईन होला ईभेन्टसले एक साथ राम्रै मूल्यमा दुई चलचित्र पुरानो डुगां र लुट-२ को अष्ट्रेलिया अधिकार खरिद गरेको छ । अगस्ट ७ का दिन यी दुई चलचित्रको प्रचार प्रसारका लागि सिड्नीमा साथीको साथमा नामक डान्स पार्टीको आयोजना गरिएको छ । लुट-२ को निर्देशन निश्चल बस्नेतले गरेका हुन् भने पुरानो डुगांमा रामबाबू गुरूंङको निर्देशन रहेको छ ।