जंगली च्याउ खाँदा ताप्लेजुङमा पाँच बिरामी
ताप्लेजुङ/छिमेकि जिल्ला पाँचथरमा बिसालु जंगली च्याउ खाएर दर्जनौले ज्यान गुमाएको घटना सेलाउन नपाउँदै ताप्लेजुङमा च्याउ खाएर पाँच जाना बिरामि परेका छन् ।
मंगलबार साँझ ताप्लेजुङ नाङ्खोल्याङ गाविस ३ की ४० वर्षिया इन्द्रकुमारी सुनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा उनीसहित छोरी रमला सुनुवार, बुहारी कल्पना लिम्बु, छिमेकी सोममाया राई र ५ वर्षिया तेजकुमारी राई बिरामी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
साँझ च्याउ खानसाथ टाउको दुख्नुको साथै बमिट गर्न थालेपछि उनिहरुलाई तत्काल जिल्ला अस्पताल ताप्लेजुङ ल्याईको थियो । उनिहरुलाई समयमानै उपचारका लागि ल्याईएकोले उपचार पछि अबस्था समान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
अहिले अबस्था समान्य रहेकाले विरामि सबै घर फर्किएका छन् । साथै चिकित्सकले अहिलेको समयमा जंगलमा पाईने च्याउ जथाभावि नखान स्थानियलाई आग्रह गरेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































