aaradhana शनिश्चरे/नेपाल र भारतका गीतसंगीतका वरिष्ठ साधकहरुले झापा दमककी गायिका सम्झना ओलीको पहिलो गीती एल्बम ‘आराधना’ भजन संग्रहको लोकर्पण गरेका छन् । सम्झनाको संगीत साधनास्थलका रुपमा रहेको दमकको सुरभि कलाकेन्द्रद्धारा आयोजित कार्यक्रममा भारतको दार्जिलिङका मणिकमल क्षेत्री, दमकका विशिष्ट लोकगायक लक्ष्मी जोशी र विर्तामोडका गीतकार शिवशंकर थापाले संयुक्तरुपमा कृतिको लोकार्पण गरे । साथी उनीहरुले सम्झनामा राम्रो सम्भावना भएकाले लगनशिल भएर लागिरहन सल्लाह दिँदै उनको सफलताको शुभकामना दिए ।सो अवसरमा गायिका ओलीका साथै सुरभिका कलाकारहरुले गीत र भजन प्रस्तुत गरेका छन् । ५ वटा भजन रहेको एल्बममा २ वटाको शब्द र संगीत गायिका ओलीको आफ्नै, २ वटाको शब्द र संगीत ओलीका गुरु अनिल फागोको र एउटाको शब्द र संगीत किशोर शिवाकोटीको रहेको छ । जसको प्रस्तुति सुरभिकै हो । सम्झनाले केही साथीहरुसँगको समेत सहयोग लिएर आफ्नो लगानीमा पहिलो एल्बम ल्याएर आफुलाई चिनाउने प्रयत्नमा आराधना गर्दैछिन् ।