धरान/कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाको तस्रो चलचित्र छक्कापञ्जाको प्रचारको लागि देशदौडाहामा निस्किएका छन् । भदौं २४ गतेबाट देशभर एकसाथ सोलो रिलिज हुन लागेको छक्कापञ्जाका निर्माता निर्देशकसमेत रहेका गिरी र निरौला सोमबार धरानमा भेटिए । सोमबार पिण्डेश्वर मन्दिरमा जल चढाउँदै उनीहरु धरानको दन्तकाली बुढासुब्बाको भ्रमण पनि गरे । त्यही क्रममा पत्रकार भेटघाट गर्दै फिल्मको प्रचारको लागि देशदौडाहामा निस्किएको जानकारी गराए । [caption id="attachment_9478" align="alignnone" width="827"]deepak-dipa तस्विर –उपेन्द्र चाम्लिङ /ब्लाष्ट खबर[/caption] छ एकान छ, वडा नम्बर छ पछि निर्माण भएको यो फिल्ममा बैदेशिक रोजगारीमा जाने सामाजिक विषयबस्तुलाई हास्यब्यङ्ग्यमार्फत् उतारेको बताएका छन् । ‘बैदेशिक रोजगारीलाई अन्यले दुखान्तको रुपमा उतारे, हामीले यसैलाई हास्यको रुपमा उतारेका छौं । निर्माता एवं कलाकारसमेत रहेका गिरीले भने ‘बैदेशिक रेमिट्यान्सको प्रभावलाईसमेत हामीले फिल्ममा देखाउन खोजेका छौं । हास्यको अलवा फिल्मले सन्देशसमेत दिएको बताए । कलाकार गिरीले त्यसमा एउटा सामाजमा सधै देखिने फटाहा टाइपको पात्रको रुमपा आफूलाई उभ्याएको बताएका छन् । ४५ दिनमा छायांकन पूरा भएको यो फिल्ममा करिव एकदर्जन बढी कलाकारहरु देख्न सकिन्छ । फिल्ममा प्रियंका कार्की, ममता सापकोटाको अलवा बुद्धी तामाङ, जितु नेपाल, माग्ने बुढा, शिवहरी पौडेललगायतका कलाकारलाई देख्न सकिन्छ । ९० लाख रुपैयाको लगानीमा सम्पन्न फिल्म नवलपरासी, काभ्रे र काठमाडौंमा छायांकन गरिएको छ ।