झापा / झापाको कञ्चनजंघा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत तीनदर्जनभन्दा बढी स्टाफ नर्स पढिरहेका विद्यार्थीहरुलाई होस्टेलको खानाको कारण फुड पोइजन भएपछि अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई विर्तामोडस्थित विर्ता सिटी अस्पतालमा मंगलबार बिहानको राति भर्ना गरिएको हो । विद्यार्थीहरुलाई वान्ता हुने, झाडापखालालगायतको समस्या देखिन थालेपछि अस्पताल भर्ना गरिएको हो । अस्पतालमा भर्ना गरिएकाहरु मध्ये केहीको अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्कहरुले बताएका छन् । अस्पताल भर्ना भएका केही विद्यार्थीहरु भने अस्पतालमै पनि वान्ता, झाडा गइरहेका थिए । एकसय बढी रहेको इन्स्टिच्युटको छात्राबासका यतिधेरै विरामी भएको यो पहिलो पल्ट हो । त्यसैकारण पनि फुड पोइजन भएको आशंका गरिएको बताइएको छ । इन्स्टिच्युटका अध्यक्ष ध्रुव शिवाकोटीका अनुसार ५, ६ जना विद्यार्थी रातिदेखि नै विरामी परेका थिए । अस्पताल भर्ना भएकाहरु स्टाफ नर्सका प्रथम, दोस्रो र तेस्रो बर्षका विद्यार्थी हुन् ।