इलाम/अखिल (क्रान्तिकारी)  र वाइसिएल नेपाल नगर कमिटी इलाम शुक्रबार इलाम अस्पताल क्षेत्रको सरसफाइ गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवस(२०१६ अवसरमा ‘हाम्रो गौरब, हाम्रो शान(उत्पादन र विकासमा युवा अभियान’ भन्ने मुल नाराका साथ इलाममा युवा तथा विद्यार्थीले सरसफाइ गरेका हुन् । Sarsafai नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी र युवा संगठनले आयोजना गरेको कार्यक्रममा ५० भन्दा बढीको सहभागिता थियो । सरसफाइ कार्यक्रममा इलाम अस्पतालमा परिसरभित्र १०÷१५ वर्ष अघिदेखि जम्मा भएको फोहोरलाई व्यवस्थित गर्नुका साथै अस्पताल परिसरबाहिर(भित्र सफाइ गरिएको थियो । सरसफाइ कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु धिरेन्द्र शर्मा ‘रमण’, राम राई, चन्दा तामाङ, जिल्ला सदस्य राजकुमार राई, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा इलाम जिल्ला संयोजक प्रकाश परियार, केन्द्रीय सदस्य सन्धिभक्त शंकर, वाइसिएल इलाम नगर कमिटी अध्यक्ष विक्रम लिम्बू, अस्पतालका स्वाथ्यकर्मीहरु र विद्यार्थीहरुको सहभागिता रहेको वाइसिल नगर संयोजक विक्रम लिम्बूले जानकारी दिएका छन् । राजनीतिक गतिविधिमा मात्र युवाहरु बढी सक्रिय हुने गरेको आरोप लागिरहेका बेला पर्यटकीय जिल्ला इलामको पर्यावरणीय वातावरण संरक्षणमा सहयोग पु¥याउन सरसफाइ कार्यक्रम गरिएको क्रान्तिकारीका सन्धिभत्त शंकरले बताए । सर्वसाधरणको स्वास्थ्यसँग जोडिएको अस्पताल क्षेत्रको सरसफाइ अनिवार्य हुने र यसको सरसफाइमा अन्य सामाजिक संघसंस्थालाई समेत लाग्न हौसला जगाउने उद्देश्यले समेत सर्वसाधरणले उपचार सेवा लिन स्थान सफाइ गरिएको क्रान्तिकारीका प्रकाश परियार बताउँछन् । क्रान्तिकारी र वाइसिएलले आउँदा दिनमा समेत इलामका अन्य सार्वजनिक स्थलहरुको सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ । इलाम पर्यटकीय जिल्ला हुनुका साथै हरित नगर अभियान समेत सञ्चालनमा रहेकाले अन्य क्षेत्रले समेत सरसफाइ लगायतका रचनात्मक गतिविधिहरु चलाउनु पर्ने परियार बताउँछन् । इलाममा जिल्ला अस्पतालको सरसफाइमा ध्यान पुग्न नसकेको स्वयम् उपचारमा आएका विरामीहरुले गुनासो गर्दै आएका छन् । उपचारका लागि अस्पताल भर्ना भएका विरामी र आफन्तहरुले शौचालयमा पर्याप्त पानीको व्यवस्था हुन नसकेको, नियमित रुपमा फोहोर संकलन नहुने गरेकोलगायतका गुनासो गर्दै आएका छन् । अझ अहिले नगरमा आपूर्ति हुने पानीको मुहान घटेका कारण पानी अपुग हुँदा अस्पताल परिसरमा दुर्गन्धको अवस्था भोग्नु परिरहेको विरामी बताउँछन् ।