प्रकाशपुुर/सुनसरीको प्रकाशपुरस्थित स्वास्थ्य चौकीका सिनियर अहेव माधव साहले अवैध रुपमा पोलिक्लिनिक सञ्चालन गरेको पाइएको छ । उनले स्वास्थ्य चौकीबाट करीब तीन सय मिटर दुरीमा रहेको प्रकाशपुर बजारमा रिमा पोलिक्लिनिक प्रालि सञ्चालन गरिरहेका छन् ।
एमबीबीएस गरेका डाक्टरहरुका नामसमेत राखेर पोलिक्लिनिकको बोर्ड तयार पारिएको छ तर त्यहाँ १० कक्षा मात्र उत्तीर्ण गरेकी उनकी श्रीमती मात्र बस्छिन् । शनिबार दिउँसो त्यहाँ पुग्दा साहकी तिनै श्रीमती औषधि बेचिरहेकी थिइन् । लगातार तीन दिनसम्म गरिएको अनुगमनमा पोलिक्लिनिक र फार्मेसीमा उनकी श्रीमती मात्रै रहेको पाइएको छ ।
अहेव साह न स्वास्थ्य चौकी जान्छन्, न त उनले अवैध रुपमा सञ्चालन गरेको पोलिक्लिनिकमै भेटिन्छन् । वरिष्ठ चिकित्सकहरुका नामसहितको बोर्ड राखेर उनले सरकारले तोकेको मापदण्डसमेत पूरा गरेका छैनन् । सरकारको तलब र सेवा–सुविधा उपभोग गरिरहेका साहले जिल्ला जनस्वास्थ्य कार्यालयका केही कर्मचारी र राजनीतिक संरक्षणको आडमा मनपरी गरिरहेको स्थानीय बताउँछन् । अहेव साहका विषयमा पटक–पटक उजुरी र गुनासो गरिए पनि सुनुवाइ नभएको दुखेसो उनीहरुले पोखे । स्वास्थ्य चौकीमा रहँदासमेत उनले त्यहाँ आउने निम्न आय भएका बिरामीलाई विभिन्न बहानामा आप्mनो पोलिक्लिनिकमा पठाउने गरेको एक कर्मचारीले बताए ।
सर्वसाधारण र गरीब जनताका लागि स्थापना गरिएको स्वास्थ्य चौकीमा कार्यरत् अहेव साहलाई केही महिनाअघि रातको समयमा स्वास्थ्य चौकीबाट औषधि चोरी गरिरहेको समयमा पक्राउ गर्दासमेत कारवाही नभएको गाउँलेले सुनाए । स्वास्थ्य चौकी सञ्चालन समितिका सदस्य रविन घिमिरेले पनि औषधि चोरी गर्दागर्दै उनी समातिएको कुरालाई पुष्टि गरे । उनले आइन्दा गल्ती नदोहो¥याउने शर्तमा साहलाई छाडिएको बताए । प्रकाशपुर रेडक्रस सोसाइटीका अध्यक्षसमेत रहेका घिमिरेले उनका विषयमा गुनासो बढेको बताउँदै छानविन गरी कारवाही गर्न जिल्ला जनस्वास्थ्य कार्यालयसँग माग गरे । गाविस सचिव एवम् स्वास्थ्य चौकी सञ्चालक समितिका अध्यक्ष शंकर आचार्य पहिलेबाटै उनीबारे गुनासा आइरहेको बताए । सञ्चालक समितिको बैठकमा उनीबारे छलफल भएको आचार्यले जनाए । उनले साह साउन १७ गतेबाट जानकारीविना अनुपस्थित भएको विषयलाई जिल्ला जनस्वास्थ्य कार्यालयमा लेखी पठाए ।
गैरकानूनी र अवैध रुपमा गाविस क्षेत्रभित्र सञ्चालित क्लिनिक र फार्मेसीका विषयमा बुभ्mन आपैmँले स्वास्थ्य चौकीका इन्चार्जलाई गाउँ स्वास्थ्य समितिको अध्यक्षका नाताले निर्देशन दिएको सचिव आचार्यले बताए । उनले आप्mनो क्षमता र अधिकारले भ्याएसम्म व्यवस्थित र मर्यादित बनाउन कोशिस गर्ने जनाए । उपस्वास्थ्य चौकीका इन्चार्ज रमेशकुमार साहले अहेव साहका कारण पटक–पटक समस्या आएकाले यस विषयमा जिल्ला जनस्वास्थ्य कार्यालयलाई जानकारी गराउँदासमेत बेवास्ता गरिएको बताए । उनले साह बिदामा बस्ने जानकारी आपूm र व्यवस्थापन समितिसम्म नआएको समेत बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डिल्लीरवण अधिकारीले भने आपूmलाई प्रकाशपुर उपस्वास्थ्य चौकीका अहेवको विषयमा कुनै जानकारी नभएको बताए । त्यहाँबाट गुनासो र जानकारी लिखित रुपमा आए आपूmले छानविन गरी कारवाही प्रक्रिया अघि बढाउने बताए । अवैध रुपमा पोलिक्लिनिक र फार्मेसी चलाएको विषयमा जिज्ञासा राख्दा साहले रिमा पोलिक्लिनिक बन्द भइसकेको दावी गरे । उनले फार्मेसी भने सञ्चालनमा रहेको स्वीकार गरे । विनादर्ता अवैध रुपमा फार्मेसी चलाइएको विषयमा उनले आपैmँसँग लाइसेन्स भएको दावी गरे पनि देखाउन सकेनन् । श्रीमतीले नै फार्मेसी चलाएको विषयमा भने उनले केही पनि बताउन सकेनन् ।
बिदाका लागि उपस्वास्थ्य चौकी र प्रमुखकहाँ निवेदन नभएको विषयमा साह आपैmँले जिल्ला जनस्वास्थ्यमा रहेका कर्मचारीलाई जनाकारी गराएको बताउँदै आपूmलाई जिल्ला जनस्वास्थ्यबाट संरक्षण रहेको सङ्केत गरे ।