बलात्कारीलाई १६ वर्ष कैद
इलाम/एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सुलुबुङ–२ का २२ वर्षीय सुरेन भनिने सुरेन्द्र राईलाई जिल्ला अदालत इलामले मङ्गलबार १६ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले बालिकालाई पटक–पटक करणी गरेको ठहर गर्दै मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३ (२) र ३ (क) नम्बर बमोजिम कसुर गरेको ठहर गर्दै सोही महलको ३ (२) बमोजिम आठवर्ष कैदको सजाय सुनाएको छ ।
सोही मुद्दामाथि सुनुवाइ गर्दै इजलासले सोही महलको ३ (क) अनुसार थप पाँच वर्ष र पीडित बालिकासँग नाता देखिएकाले सोही महलको २ नम्बरसमेत कसुरमा हाडनाता करणी महलको २ को देहाय २ नम्बरबमोजिम तीनवर्ष गरी १६ वर्ष कैद सजाय सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।
अदालतले राईलाई पीडितका नाममा ७५ हजार रूपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि दिएको अदालतका स्रेस्तेदार भट्टराईले जानकारी दिए । कसुरदार राईले ती बालिकालाई २०७० साल यता पटक–पटक बलात्कार गर्दै आएको भन्दै उनीविरूद्ध गतबर्ष फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































