बेलबारी/ ६ वर्षको उमेर भनेको हाँस्ने, खेल्ने तथा विद्यालय जाने उमेर हो । तर, मोरङ बेलबारी–४ का एक ६ वर्षीय बालक भने दाम्लोमा बाँधिएर बस्न बाध्य छन् ।
जगत राउत सात महिनादेखि दाम्लोमा बाँधिएर बस्न बाध्य बनेका हुन् । बोल्न र हिँड्न नसक्ने राउत गत फागुनदेखि दाम्लोमा बाँधिएका छन् । हजुरबा र हजुरआमासँग बस्दै आएका उनलाई अर्थ अभावमा अहिलेसम्म अस्पतालमा देखाउन पनि लान नसकिएको हजुरआमा इन्दिरा राउतले बताइन् ।
[caption id="attachment_12233" align="alignleft" width="512"]
तस्विर नयाँ पत्रिका अनलाईनबाट[/caption]
‘बजार जान्छु भनेर हिँडेकी बुहारी अहिलेसम्म आएकी छैन,’ इन्दिराले भनिन्, ‘उपचार पाए नाति ठीक हुन्थ्यो कि रु’ दिनभरि दाम्लोमा बाँधेर राख्ने गरिएको राउतलाई राति भने कोठामा लगेर थुन्ने गरिएको छ । ‘नातिलाई छाडौा, कता लडेर मर्ला भन्ने डर छ,’ इन्दिराले भनिन्, ‘काम गर्न जान पनि पाइँदैन, हातमुख जोर्नै गाह्रो भयो ।’
राउतका बाबु गुञ्जन मोरङ सहकारी अस्पतालमा कार्यालय सहयोगी छन् । इन्दिराले भनिन्, ‘हाम्रो हातपाउ बस्ने उमेर त होइन, तर नातिका कारण हातपाउ बाँधिएको छ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।