विजयपुर/बजारबाट सङ्कलन गरिएका कवाडीहरु सङ्कलन गरेर थुपारिएको ठाउँ । वरिपरी दुर्गन्ध, बीचमा बाँस र टिनले बारेको सानो टहरामा सडक बालबालिकाहरुको आउजाउ देखिन्थ्यो । टहराभित्र थिए बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग विशेषज्ञ अरुणकुमार सिंह र डेन्टिस रोशनकुमार साह ।

sadak

सडक बालिबालिकाको स्वास्थ्य परीक्षण गर्ने क्रममा डा. अरुणकुमार सिंहले आँशुमात्र झार्न सकेनन् । उनीहरुको समस्या दर्दनाक छ, सबैबाट उपेक्षित रहेछन् सडक बालिबालिकाहरु । सडक बालबालिकाहरुमा दिन–प्रतिदिन रोगको सङ्क्रमण बढ्न थालेको भन्दै रोट्रयाक क्लब अफ धरान घोपा र किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्रले संयुक्तरुपमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका थिए । शिविरमा ९ वर्षदेखि १५ वर्षसम्मका ३५ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । सडक बालबालिकाको स्वास्थ्यको अवस्था निकै दयनीय पाइएको बताउँदै बालरोग विशेषज्ञ अरुणकुमार सिंहले सरोकारवालाले चासो नदिने हो भने भविष्यमा यो भयानक समस्या हुनसक्ने बताए ।उनका अनुसार सडक बालबालिकामा दम, खोकी, लुतो, छालाका समस्याहरु देखिएको छ । बालबालिकाहरुलाई राज्य पक्ष तथा गैरसरकारी संस्थाले पुनःस्थापना गर्न जरुरी रहेको उनले भने ।

सडक बालबालिका स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेकोले यो धरानको साझा समस्या भएको डा. सिंह बताउँछन् । धेरै सडक बालबालिकाले आपूmहरुको घरमा बाबाआमा हुँदाहँुदै पनि सडकमा बस्नुपरेको गुनासो गरेका थिए । ‘मेरो घरमा बाबाआमा हुनुहुन्छ तर म सडकमा बस्छु’, धरान–१६ का राजकुमार भुजेलले भने, ‘बाबाआमा नै रक्सी खाएर झगडा गर्नुहुन्छ, त्यसैले म सडकमा बस्छु ।’ उनले आपूm दुई महिनादेखि सडकमा बस्ने गरेको सुनाए । ‘मैले सडकमा बस्ने धेरै साथी बनाएको छु’, उनले भने । सडक बालिबालिकाहरु पारिवारिक कारणनै सडकमा आउनु परेको भन्दै सरकारी पक्षले सामाजिकरुपमै यस्तो समस्या हल गर्न लागिपर्नु पर्ने डा. सिंह बताउँछन् । किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्रबाट सडक बालबालिका हेर्ने कुशल श्रेष्ठले सडक बालबालिकाहरुको अवस्था निकै भयावह रहेको बताए । आपूmहरुले वार्षिकरुपमा विभिन्न कार्यक्रम गरेपनि सरोकारवाला तथा सरकारी पक्षबाट पनि चेतनामूलक कार्यक्रम र पुनःस्थापनाका कार्यक्रमहरुलाई सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । आयोजक रोट्रयाक्ट क्लब अफ धरान घोपाका हेल्थ डाइरेक्टर चुन्नु यादव सडक बालिबालिकाका पक्षमा नागरिक समाजले बेलैमा ध्यान पु¥याउनु पर्ने बताउँछन् । रोट्रयाक्ट क्लब अफ धरान घोपाका अध्यक्ष विनोद मेहेताले सडक बालबालिका पुनःस्थापना तथा शिक्षा स्वास्थ्य जस्ता विषयमा आपूmहरु सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । शिविरमा क्लबका सदस्यहरु वैशाली दास र उर्मिला देवानले पनि प्राविधिक सेवा दिएका थिए । शिविरमा सडक बालबालिकाहरुलाई निःशुल्क औषधि, खाजा र सरसफाइका लागि दैनिक प्रयोग हुने सामग्रीहरु पनि दिइएको थियो ।