विजयपुर/नारायणगढ, पोखरा, बुटवल हुँदै धरान आइपुगेको एनसेल मेला बिहीबार धरानमा सकिएको छ ।धरानको पब्लिक हाईस्कुलको मैदानमा भएको मेलामा धरानेहरुले भरपुर रमाउने अवसर पाए । रि—ब्राण्डिङ्ग पश्चात एनसेलले पुर्वमा गरेको यो पहिलो ठुलो कार्यक्रम हो । नजिकिंदै गरेको चाडपर्वको शुभकामना आदान प्रदानगर्न मेला आयोजना गरिएको हो ।बिहान ११ बजेबाट शुरु भएको मेला दिउसो २ बजे पछि सांगीतिक माहोलमा छाएको थियो । ncell-4 मेलामा चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, कमेडी, जादु, किडस् जोन र फुड स्टलहरु राखिएको थियो ।गायक सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य,लाउरे, डिजे रुपेश तथा एक्स व्याण्डको प्रस्तुतीमा धरानेहरु हौसिदै नाचेका थिए । हाँस्य कलाकार सन्दिप क्षेत्रीले दर्शकलाई हसाएका थिए । गायक सुगम पोखरेलले ‘झिल्के’, ‘प्रेम गीत’ र ‘साथी’, मिलन अमात्यले ‘गाला रातै’, ‘स्लोली स्लोली’ र ‘कुरा खाँटी हो’, शिव परियारले ‘क्या दामी भो’, ‘रुपौली रानी’ र ‘संगी ढुब्दै छु आज’ जस्ता चर्चित गीतहरु गाएका थिए । एक्स ब्याण्डले ‘लुक्न देउ’, ‘एउटा चिठ्ठी’, र ‘चिया बारीमा’ गित प्रस्तुत गरे भने लाउरेले ‘नेपहपको बाटो’, ‘हाउ्डे’ र ‘तितो सत्य’ प्रस्तुत गरेका थिए । ncell मेलामा दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउनुका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था मिलाइएको थियो ।एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले मेलामा देखिएको उत्साहबाट आफुहरुलाई सेवा प्रबाह गर्न थप उत्साह मिलेको बताए । मेला असोज ८ गते बिर्तामोडमा पुगेर समापन हुने छ । तस्विरहरु -उपेन्द्र चाम्लिङ /ब्लाष्ट खबर ncell-1 ncell3