stationaryधरान /  नागरिक समाज कल्याण केन्द्र, धरानको छैठौँ वार्षिक साधारणसभाको अवसर पारेर तीनजना बालबालिकालाई नगदसहित शैक्षिक सामग्री प्रदान गरिएको छ । सभाको अवसरमा संस्थालाई सल्लाहकार गोपालप्रसाद गुरागाईंले श्रीमती धनमाया गुरागाईंको स्मृतिमा ५ हजार १ सय ११ रुपैयाँ सहयोग गरे । त्यस्तै दुबईमा रहेका संस्थाका सदस्य गोपाल खड्काको पहलमा सङ्कलित ११ हजार ५ सय ४ रुपैयाँ सहयोग गरिएको छ । संस्थाका अध्यक्ष राजेन्द्र खड्कालाई सो रकम हस्तान्तरण गरिएको थियो । साधारणसभामा आर्थिक वर्ष २०७२/०७३ को आर्थिक र प्रगति प्रतिवेदनसमेत सार्वजनिक गर्दै सर्वसम्मतिबाट पारितसमेत गरिएको गोपाल खड्काले जनाए । धरान–१५ महादेव चोकमा भएको कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा थिए ।