तरहरा(सुनसरी) / आप्mनै गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएपछि सुनसरीको चक्रघट्टीका सर्वसाधारण गाउँले मख्ख छन् । सामान्य स्वास्थ्य उपचारका लागि पनि धरान र विराटनगर जानुपर्ने बाध्यता अहिलेलाई हटेको छ । लायन्स क्लब अफ कोशी रिभरले अत्याधुनिक उपचार उपकरणसहित चार कोठाको भवन सरकारलाई हस्तान्तरण गरेपछि यहाँका सर्वसाधारण खुसी छन् । कुनै स्वास्थ्य समस्या भएमा महेन्द्रनगर चक्रघट्टीका सर्वसाधारणलाई धरानको बीपी प्रतिष्ठान वा विराटनगरका अस्पतालहरुमा जानुपर्ने बाध्यता थियो तर गाउँमै अत्याधुनिक उपकरणसहितको स्वास्थ्य संस्था बनेपछि गाउँलेलाई सहज भएको छ । क्लबले गाउँमै अत्याधुनिक उपकरणहरु राखेर स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइदिएको हो । महेन्द्रनगर गाविसमा स्वास्थ्य चौकी भए पनि त्यहाँ उपकरणहरु थिएनन् । पुरानो स्वास्थ्य चौकीलाई लायन्स क्लबले करीब १ करोडको लागतमा सुविधा सम्पन्न स्वास्थ्य चौकीमा विकास गरिदिएको परियोजनाका प्रमुख सुरेन्द्र पौडेलले जनाए । उनले भने, ‘गाउँलेहरुका लागि यो निकै खुसीको कुरा हो ।’ गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन लायन्स क्लब अफ कोशी रिभर र धरानले संयुक्त रुपमा अत्याधुनिक उपचकरणसहित नयाँ चारकोठे स्वास्थ्य चौकी निर्माण गरिदिएका छन् । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले त्यसको उद्घाटन गरे । स्थानीय समाजसेवी तथा परियोजना विकासका सदस्य रेवती दुलालले यसबाट विराटनगर र धरान जानुपर्ने बाध्यता हटेको बताए । लायन्सको यो परियोजनाबाट स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड मेसिन, एक्स रे, प्याथोलोजी ल्याबसहितका उपकरणहरु हस्तान्तरण गरिएको लायन्स क्लब अफ कोशी रिभरका अध्यक्ष कुमार गिरीले जनाए । यसबाट विशेष गरी ज्येष्ठ नागरिकहरु आप्mनै गाउँमा गुणस्तरीय सेवा पाउनेमा आशावादी भएको स्थानीय वृद्ध समीर न्यौपानेले बताए । स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टरहरुलाई पनि ल्याएर सेवालाई थप विस्तार गर्ने योजना रहेको बताइएको छ । धरानको बीपी प्रतिष्ठानबाट डाक्टरहरुलाई साप्ताहिक रुपमा ल्याएर सेवा दिने योजना रहेको लायन्सका कोशी रिभरका कुमार श्रेष्ठले दिए । यसै क्षेत्रका सभासद् भीम आचार्यले सांसद् कोषसहित आप्mनो पहलमा स्रोत जुटाएर भवन निर्माण गर्ने बताए । गत वैशाख १९ गते सभासद् आचार्यले स्वास्थ्य चौकीको भवन शिलान्यास गरेका यिए । नेपाली काङ्ग्रेसका महासमिति सदस्य उद्योगपति रेवती दुलालले दुई कोठाको ब्लक बनाउने प्रतिबद्धता जनाएका छन् ।