मकवानपुर बस दुर्घटनामा तीनजनाको मृत्यु (अपडेट)
हेटौडा/मकवानपुरको हाडिखोलाबाट हेटौँडा आउँदै गरेको यात्रुबाहक बस बेलडाडामा दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ ।
ना ४ ख ४३०७ नम्बरको यात्रुबाहक बस आइतबार बिहान हेटौडा–१३ बेलडाँडामा दुर्घटना हुँदा चारवर्षीय प्रमिस लामिछाने र २५ वर्षीय सूर्यबहादुर तामाङ रहेका छन् । थप एकजनाको सनाखत हुन सकेको छैन् ।
दुर्घटनामा घाइते भएहरुलाई चुरे हिल अस्पताल हेटौडामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन् । बसमा सय भन्दा बढी यात्रुहरु रहेको जनाइएको छ । दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































