इलाम / पाँचथरका स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलासहित कर्मचारी चढेको गाडी इलाममा दुर्घटना हुदा ६ जना घाईते भएका छन् । मेची राजमार्ग अन्तरगत पाँचथर इलाम सडक खण्डको पुवाखोलामा दुर्घट्ना हुँदा धमलासहित ६ जना घाइते भएका छन् । जिविस पाँचथरको मे १accident ज ३७३ नम्बरको गाडी बिहीबार बिहान इलामको पुवाखोला नजिकै मिलगोलाई भन्ने स्थानमा सडकबाट करिव ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा परेका धमलाको हात भाँचिएको प्रहरीले जनाएको छ । गाडीमा सवार जिल्ला प्राविधिक कार्यालय पाँचथरकी सह लेखापाल कौसिला दाहालको खुट्टा र जिल्ला मालपोत कार्यालय पाँचथरका कर्मचारी बिनोद ढुंगेलको ढाडमा चोट लागेको छ । जिविस पाँचथरका कार्यालय सहयोगी विजय कार्की र चालक बीरबहादुर तामाङका छोरा पनि घाइते भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । उनीहरुलाई उपचारका लागि इलाम अस्पतालमा लगिएको छ