दुर्घटनामा प्रहरी जवानसहित दुईजनाको मृत्यु
नवलपरासी/नवलपरासीको परासी भुमही सडकखण्डअन्तर्गत रामग्राम–१२ पचगाउँमा गएराति भएको सवारी दुर्घटनामा परी एक प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।
परासीबाट भुमहीतर्फ जाँदै गरेको बा ६ च ४८१५ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ल २६ प ६९२१ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासी सुनवल–१ निवासी २७ वर्षीय विजय थापाको घटनास्थलमा नै मृत्यु हो ।
यसैगरी, मोटरसाइकलमा सवार रुपन्देही रुद्रपुर–९ घर भई हाल जिल्ला कारागार परासीमा कार्यरत प्रहरी जवान ३० वर्षीय गनबहादुर थापाको उपचारका लागि भैरहवा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































