ललितपुर/शुक्रबार लेलेकी सरु तामाङको सहचालकसँगै विवाद भएको थियो । भिड भएको गाडीमा अलि पछाडि जानका लागि सहचालक भनिरहेका थिए । तामाङले त्यसभन्दा पछाडि जाने ठाउँ नभएको भनेपछि सहचालकले मन लागेको ठाउँमा बस्न निजी गाडी होइन भन्दै उनलाई झपारे । driver सार्वजनिक यातायातमा यात्रु र सहचालकका बीचमा भाडा, सिटलगायत विषयमा दैनिक विवाद हुने गरेको छ । यात्रुले सहचालकसँग जिज्ञासा मात्रै राख्दा पनि तिनले नराम्रो व्यवहार गर्ने यात्रुको गुनासो छ । बालकुमारीबाट एकान्तकुनासम्म यात्रा गर्दा १७ भाडा तिर्दै आएका भैँसेपाटीका राजीव महर्जनले बिहीबार रु २० को नोटबाट फिर्ता पाएनन् । सहचालकसँग भाडा बढेको हो भनेर सोध्दा विवाद भएको थियो । चानचुन नभएको भन्दै सहचालक यात्रुसँग झगडा गर्न तम्सिए । यी र यस्तै दृष्य सार्वजनिक सवारीमा दैनिक रुपमा देखिन्छ । तामाङ र महर्जन जस्तै सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले सहचालकको दैनिक दुव्र्यवहार सहनु परिरहेको छ । भाडा तिरेर यात्रा गर्दा समेत सहचालकले सिँत्तैमा लगिदिन परेको जस्तो व्यवहार गर्ने यात्रु बताउँछन् । भाडा बढी लिँदा, भिड गाडीमा यात्रुलाई असहज हुँदा, गाडी धेरै ठाउँमा रोकिरहँदा लगायत कारणले विवाद हुने गरेको हो । दैनिक रुपमा हुने विवाद कहिलेकाहीँ सामान्य झगडामा टुङ्गिने गरेको छ भने कहिले लम्बिने गरेको छ । यातायात क्षेत्रका अगुवा राम थापा यात्रुसँग राम्रो व्यवहार गर्न लगानीकर्ताले चालक/चालकलाई नसिकाउने बताउछन् । यात्रुसँग जे जसरी पनि बढी भाडा लिनका लागि सञ्चालकले दबाब दिने गरेका छन् । सार्वजनिक सवारीमा सहचालक र चालक पढाइ कम भएका धेरै छन् । उनीहरुमा व्यावहारिक ज्ञान कम छ । उनले भने– “लगानीकर्ताले बढी भाडा लिन मात्रै नभएर यात्रुसँग राम्रो व्यवहार गर्न पनि सिकाउन खाँचो छ ।” महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख (प्रहरी निरीक्षक) सीताराम हाछेथुले सहचालकमा यात्रुलाई सम्मान गर्नुपर्छ भन्ने भावना नभएको बताए । उनले भने– “यात्रुलाई तँ भन्ने, भाडा तिरेपछि फिर्ता माग्दा भीख मागेको जस्तो व्यवहार गर्छन् ।” सम्बन्धित निकायले चालक र सहचालकलाई यात्रुसँग गर्ने व्यवहार र सवारी नियमका विषयमा ज्ञान दिनुपर्ने उनी बताउछन् । समयमा गुडाउने र समयमा पु¥याउने विषयमा पनि चालकले वास्ता गर्दैनन् । भरिएपछि मात्रै चालकले गुडाउँदा पनि विवाद भइरहेको छ । यात्रु आफैँ सजग हुँदा मात्रै सार्वजनिक यातायातमा चालक सहचालकको व्यवहार सुधार हुन सक्छ । यात्रुले आफूलाई नराम्रो व्यवहार गर्नासाथ ट्राफिक प्रहरीलाई उजुरी गर्नुपर्ने उनले बताए । उनले भने– “उजुरी गर्ने र कारबाही भए/नभएको बुझ्नुपर्ने खाँचो छ । महाशाखाको नं १०३ र महानगरीय ट्राफिक प्रहरी परिसरको नं ११०३ मा आएका उजुरीका आधारमा कारबाही भइरहेको ट्राफिक प्रहरीको जिकिर छ । रासस