schoolभद्रपुर/भद्रपुर नगरपालिका कार्यालयले सडक सरसफाईमा ध्यान नदिदा शिक्षक तथा विद्यार्थीहरु आफै सरसफाई अभियानमा जुटेका छन् ।भद्रपुर ६ स्थित शारदा आधरभुत सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरु सरसफाई अभियानमा जुटेका हुन् ।विद्यालयलाई मन्दिर जस्तो पवित्र स्थान मानिएपनि विद्यालय अगाडीको सडक वरीपरी फोहोरमैला जथाभावी फाल्ने गरेको पाइएकोले त्यसको रोकथामका लागि मंगलवार विहान विद्यालय समयमा शिक्षक तथा विद्यार्थीले सरसफाई गरेका थिए । विद्यार्थीहरुले विद्यालय अगाडीको सडकमा रहेको फोहोर मैला उठाउनुका साथै झारजंगल सफा गरेका थिए ।शिक्षक तथा विद्यार्थीहरुले विद्यालय अगाडी फोहोर नफाल्न भनि विद्यालय वरिपरिका स्थानीयबासीलाई घर घरमा गएर अनुरोध पनि गरेका थिए ।विद्यालय अगाडी जथाभावी फोहोर फाल्दा समेत सम्बन्धी निकायले बेवस्ता गर्दा विद्यालय आफै सडकमा आउनु परेको विद्यालयका प्रधानाध्यापक श्रीतिरानी देवले बताइन् ।विद्यालयले सरसफाई अभियानलाई निरन्तरता दिने बताउदै भद्रपुर नगरपालिकालाई समेत यस बिषयमा जानकारी गराउने उनले बताइन । स्थानीयका अनुसार नगरपालिकाले बार्षिक रुपमा नगरबासीसंग सरसफाई कर असुल्दै आएपनि नगर सरसफाई ध्यान नदिएको बताउछन् । नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि छुटै स्थान नतोक्नु र फोहोरमैला नउठाउनुले यस्तो समस्या सृजना भएको स्थानीयबासीले गुनासो गरेका छन् । नगरपालिकाले बार्षिक सरसफाई कर शुल्क वापत व्यवसायीको कारोबार अनुसार १ सय ५० देखि ७ सय सम्म लिने गरेका छन् । त्यस्तै प्रत्येक घरधनीबाट घरको मुल्यांकन हेरेर न्युनत ६० रुपैया देखि अधिकत ३ सय सम्म लिदै आएको छ भने पार्टी प्यालेस र होटलको हकमा १ हजार रुपैया लिने गरेको नगर पालिकाको नीति योजना तथा कार्यक्रम पुस्तिकामा उल्लेख गरिएको छ ।