teacherतरहरा/सुनसरीका अधिकांश सरकारी विद्यालयमा प्रधानाध्यापक विवादको किचलो बढ्दो छ । राजनीतिक चलखेलका कारण प्रअ नियुक्तिमा राजनीतिकै कारण किचलो भइरहे पनि सुनसरी जिल्ला शिक्षा कार्यालय भने रमिते बनिरहेको छ । वरिष्ठ शिक्षकहरुले भने शिक्षक नेताहरुका कारण प्रअ विवाद उत्कर्षमा पुग्ने गरेको बताउँछन् ।

सुनसरीका ५० भन्दा बढी माध्यमिक विद्यालयमा प्रावि र निमावि तहका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरिरहेका छन् । प्रअ हुन योग्य शिक्षकहरु राजनीतिक कारणले नै तल परेको भन्दै न्यायालयका साथै शिक्षा कार्यालयको ढोका ढकढक्याउँदासमेत न्याय नपाएको शिक्षकहरुको गुनासो छ । शिक्षा मन्त्रालयले २०७० को साउनमा नै माध्यमिक तहको प्रअ हुन स्नातकोेत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने निर्देशन जारी गरेको छ ।

निर्देशन नमान्दा अधिकांश विद्यालयमा प्रअको किचलो भइरहेको जिल्ला शिक्षा कार्यालय आपैmँ स्वीकार गर्छ ।झुम्काको रामधुनी उच्च माविका मावि तहका शिक्षक ठमीन्द्रप्रसाद बास्तोलाले आपूmभन्दा कनिष्ठ शिक्षक सोना चौधरीले प्रअ भएर विद्यालय चलाइरहेको भन्दै जिल्ला शिक्षा कार्यालयमा उजुरी गरेका थिए । जिल्ला शिक्षा कार्यालयले योग्यता पुगेका शिक्षक बास्तोलालाई प्रअ बनाउन २०७२ साउन २२ गते नै निर्देशन दिए पनि विद्यालय व्यवस्थापन समितिले अहिलेसम्म नबनाएको उनको भनाइ छ । सरकारको नियम भए पनि कार्यान्वयन पक्ष फितलो भएको कारण समस्या भएको बास्तोलाको भनाइ छ । शिक्षा नियमावलीको ९३ को उपदफा २ ले पूर्ण प्रअ हुनुपर्ने व्यवस्था गरेको छ ।

सुनसरीको बबियास्थित सरस्वती माविको प्रअ विवाद अहिले पुनरावेदन अदालतसम्म पुगिसकेको छ । आपूmभन्दा कनिष्ठ शिक्षक रमेन्द्रमुनी कोइरालाले प्रअ नछाडेको भन्दै अनिरुद्ध मेहताले पुनरावेदनमा उजुरी हालेका थिए । अदालतले मेहताको पक्षमा तत्काल नै परमादेश जारी गरे पनि अहिलेसम्म विद्यालयले कार्यन्वयन नगरेको शिक्षक मेहताको गुनासो छ । वरिष्ठताको आधारमा आपूm नै प्रअ हुनुपर्ने भए पनि शिक्षक नेताहरुको राजनीतिका कारण आपूm अदालतसम्म पुग्नु परेको उनको गुनासो छ । उनले शिक्षक नेताहरुकै कारण विद्यालयहरुमा समस्या आइरहेको बताए ।

शिक्षक नेताहरुले चलखेल गर्ने गरेको उनको आरोप छ ।इटहरीकै लक्ष्मी निमाविमा पनि प्रअको विवाद उस्तै छ । लामो समयदेखि प्रअको विवाद अहिलेसम्म कायमै छ । कनिष्ठ प्रभुनारायण चौधरी प्रअ छन् भने वरिष्ठ शिक्षिका मिना प्रसाईं विद्यालयमा आए पनि उनलाई प्रअ हुन नदिइएपछि त्यहाँ विवाद कायमै छ । यता सुनसरीकै कप्तानगञ्ज–७ को माविमा पनि विवाद मिलेको छैन । विद्यालयका प्रअ ईश्वरचन्द्र यादव कनिष्ठ भएको भन्दै जिल्ला शिक्षा कार्यलयले ठाडो हस्तक्षेप गरेर वरिष्ठ शिक्षक जयनन्दन शर्मालाई गत २०७२ साल चैत्र ८ गते प्रअ नियुक्त गरी खातासम्म सञ्चालन गर्न अधिकार दिए पनि सुनसरीका अधिकांश विद्यालयमा कायम विवादलाई भने शिक्षा कार्यालयले हेलचत्र्mयाइँ गरिरहेको शिक्षकहरुले गुनासो गरेका छन् ।

त्यस्तै इटहरीकै सरस्वती सदन माविमा पनि कनिष्ठ शिक्षक भगतलाल चौधरी प्रअ छन् । उनीभन्दा वरिष्ठ वासु कर्ण भए पनि कर्णलाई प्रअ हुन दिइएको छैन । सुनसरीमा ५४ वटाभन्दा बढी विद्यालयमा प्रअको विवाद भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । नसरीका जिल्ला शिक्षा अधिकारी रुद्र दुलालले विद्यालयहरुमा प्रअ विवाद भएको स्वीकार गरे । उनले भने, ‘लामो समयदेखि एकजना प्रअ भइरहेको विद्यालयमा सिनियर शिक्षक जाँदा विवाद हुने गरेको छ ।’ प्रअको नियुक्तिमा समस्या भइरहेको बताउँदै दुलालले यस्ता धेरैवटा समस्या आएकाले व्यवस्थापन पक्षसँग बसेर विवाद मिलाउन आपूmहरु लागिपरेको बताए ।