जिल्लाको खगेनकोट–१ दल्लीमा रहेको स्वास्थ्य केन्द्रका कर्मचारीले सरकारबाट एक्सरे, सौर्य प्रणाली नपाएपछि आफैँ रकम उठाएर खरिद गर्ने अभियानमा जुटेको बताएका हुन् । यहाँको पूर्वी क्षेत्रका नौ गाविसको केन्द्रबिन्दुका रुपमा रहेको दल्लीस्थित स्वास्थ्यचौकीमा लामो समयदेखि अक्सिजन दिने मेसिन चलाउने, नेबुलाइजर चलाउने मेसिन विद्युत् अभावका कारण थन्किएपछि रकम उठाएर सोलार र एक्सरे मेसिन खरिद गर्न अभियान थालिएको हो ।
स्वास्थ्य केन्द्रको आन्तरिक खातामा रु दुई लाखभन्दा बढी रकम रहेको र अन्य बाँकी रकम तलबबाट कटाएर मेसिन खरिद गरिने अहेव राजेश सिंहले बताए । दैनिक ५० भन्दा बढी विभिन्न प्रकृतिका बिरामी आए पनि औषधिबाहेक अरु उपकरणबाट गरिने उपचार भएमा अन्यत्र पठाउनु परेको सिंहले बताए । ल्याव चलाउन, अक्सिजन मेसिनलगायतका मेसिन चलाउनसमेत विद्युत्को अभाव हुँदा भएका सामान समेत प्रयोग गर्न नपाएको सिंहको भनाइ छ ।
नौ गाविसका बिरामी यहाँ जाँच गर्न आउने गर्दछन् । स्वास्थ्यकर्मीको सङ्ख्या पर्याप्त भए पनि उपकरण नहुँदा उपचारमा कठिनाइ रहेको सिंहले बताए । एक्सरे गर्नकै लागि बिरामीलाई दुई दिनभन्दा बढी हिँडाएर रुकुमको चौरजहारीस्थित अस्पतालमा पठाउने गरिएको छ । रासस आफैँले रकम उठाएर एक्सरे किन्दै स्वास्थ्यकर्मी
जाजरकोट/यहाँको इलाका स्तरको स्वास्थ्य केन्द्रमा सरकारले उपकरण नदिएको भन्दै स्वास्थ्यकर्मीले आफ्नो तलब हालेर उपकरण खरिद गर्ने अभियानमा जुटेका छन् ।
जिल्लाको खगेनकोट–१ दल्लीमा रहेको स्वास्थ्य केन्द्रका कर्मचारीले सरकारबाट एक्सरे, सौर्य प्रणाली नपाएपछि आफैँ रकम उठाएर खरिद गर्ने अभियानमा जुटेको बताएका हुन् । यहाँको पूर्वी क्षेत्रका नौ गाविसको केन्द्रबिन्दुका रुपमा रहेको दल्लीस्थित स्वास्थ्यचौकीमा लामो समयदेखि अक्सिजन दिने मेसिन चलाउने, नेबुलाइजर चलाउने मेसिन विद्युत् अभावका कारण थन्किएपछि रकम उठाएर सोलार र एक्सरे मेसिन खरिद गर्न अभियान थालिएको हो ।
स्वास्थ्य केन्द्रको आन्तरिक खातामा रु दुई लाखभन्दा बढी रकम रहेको र अन्य बाँकी रकम तलबबाट कटाएर मेसिन खरिद गरिने अहेव राजेश सिंहले बताए । दैनिक ५० भन्दा बढी विभिन्न प्रकृतिका बिरामी आए पनि औषधिबाहेक अरु उपकरणबाट गरिने उपचार भएमा अन्यत्र पठाउनु परेको सिंहले बताए । ल्याव चलाउन, अक्सिजन मेसिनलगायतका मेसिन चलाउनसमेत विद्युत्को अभाव हुँदा भएका सामान समेत प्रयोग गर्न नपाएको सिंहको भनाइ छ ।
नौ गाविसका बिरामी यहाँ जाँच गर्न आउने गर्दछन् । स्वास्थ्यकर्मीको सङ्ख्या पर्याप्त भए पनि उपकरण नहुँदा उपचारमा कठिनाइ रहेको सिंहले बताए । एक्सरे गर्नकै लागि बिरामीलाई दुई दिनभन्दा बढी हिँडाएर रुकुमको चौरजहारीस्थित अस्पतालमा पठाउने गरिएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।