भारतीय व्यापारीको गाेली हानी हत्या
इनरुवा/सुनसरीको प्रकाशपुर गाविस–१ को बीच जङ्गलमा एकजना व्यापारीको शनिबार साँझ गोली हानी हत्या भएको छ ।
भारतबाट व्यापारको सिलसिलामा नेपालतर्फ आएका भारतको अररिया घुर्ना घर भएका मोहमद सिद्धकीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
सिद्धकीको हत्या भएको ठाउँबाट एउटा गोलीको खोका भेटेको र घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए। रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































