राजविराज महोत्सव
राजविराज/सप्तरी सदरमुकाम राजविराजमा बिहीबारदेखि सुरु भएको राजविराज महोत्सव आज सातौँ दिन पनि जारी छ ।
राजविराजस्थित राजरङ्गशालामा सुरु भएको उक्त महोत्सवमा कृषि प्रदर्शनी, अटोमोबाइल तथा आइटी, विभिन्न खानाका कक्ष, विद्युतीय सामान, कपडा, शौक्षिक सामग्री, पर्यटनलगायतका विभिन्न व्यापारीक कक्ष राखिएका छन् ।
महोत्सवमा निःशुल्क स्वास्थ्य शिविरको समेत व्यवस्था गरिएको छ । स्थानीय तथा भारतबाट आएका कलाकारले मनोरन्जन समेत प्रदान गरिरहनुभएको आयोजक समितिले जनाएको छ ।
वैष्णवी कालीमन्दिर युवा समितिले आयोजना गरेको उक्त महोत्सवबाट हुने आम्दानी राजविराज– ४ स्थित वैष्णवी कालीमन्दिरको धर्मशाला र मण्डप बनाउने कार्यमा खर्च गरिनेछ । महोत्सव अगामी मङ्सिर १९ गतेसम्म चल्ने बताइएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































