fulबिर्तामोड/ गायक राजेश पायल राई र मेलिना राईको स्वरमा रहेको गीत ‘फुलेको गुलाफ’ को म्युजिक भिडियो चोरी भएको छ । निर्माता दिलप्रकाश याक्सो (टाइगर) को साढे ३ लाख रुपैयाँको लगानीमा पोखरामा सुटिङ गरिएको म्युजिक भिडियो चोरी भएको बताइएको छ । तीन महिनाअगाडि निर्माण गरी यु ट्युबमार्र्पmत् सार्वजनिक गरिएको सो भिडियो चर्चित भएपछि झापाकै विक्रम दाहाल र सन्देश मोतेले सोही गीत नयाँ भिडियो बनाएर यु ट्युबमा अपलोड गरेपछि भिडियो चोरी भएको निर्माण पक्षको दावी छ । पहिले नैे निर्माण स्वीकृति लिएर आपूmले लगानी गरेको भिडियो चोरी भएपछि निर्माता याक्सोले सम्बन्धित निकायमा उजुरी गर्ने भएका छन् । उनले भने, ‘मेरो सम्पूर्ण लगानी फिर्ता गरी कानूनअनुसार कारवाही हुनुपर्छ ।’ विगतमा पनि विभिन्न गीत–सङ्गीत चोरी गर्ने र कपी गर्ने गिरोह रहेकोमा यसपटक भने भिडियो नै चोरी भएपछि झापाली कलाकार तथा निर्मातासमेत चिन्तित बनेका छन् ।

झापाका कलाकार तथा निर्माता भूपेन्द्र लिङ्देन (मन्त्री) ले भने, ‘कपी गर्नेलाई कारवाही नभए कलाकारहरु आन्दोलनमा उत्रने छन् ।’ लिङ्देन निर्माता सङ्घका केन्द्रीय सदस्यसमेत हुन् । बिहीबार बिर्तामोडमा सञ्चारकर्मीसँग कुरा गर्दै निर्माण पक्षको लगानीको सुरक्षा गर्न सम्बन्धित निकायलाई उनले आग्रहसमेत गरेका छन् ।