विराटनगर/  मानवअधिकार तथा लैङ्गिक सशक्तीकरण कार्ययोजनालाई व्याबहारिक बनाउनुपर्नेमा आज यहाँआयोजित अन्तरक्रियामा जोड दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको सो कार्यक्रममा मानवअधिकारप्रतिको प्रतिबद्धतालाई व्यावहारिक रुपमा सुनिश्चित गराउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्वलाई कार्यान्वयन गराउन, मानवअधिकारलाई विकासका मुद्दासँग संरचनात्मक र कार्यात्मक रुपमा जोड्न तथा मानवअधिकार र संस्कृतिको विकास गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको सो अवसरमा जानकारी गराए ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले मानवअधिकारको संरक्षण गर्नुपर्ने दायित्व सबैको भन्दै मानवअधिकारको महत्वको विषयमा समाजलाई जागरुक गराउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव लक्ष्मीप्रसाद गौतमले चौथो मानवअधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वनको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दैे शिक्षा, स्वास्थ्य, पोषण, जनसङ्ख्या, श्रम तथा रोजगार, संस्कृति, कानुनी सुधार र वातावरणको दिगो विकासलाई समेटेर कार्य गरिरहेको जानकारी गराए ।

-।रासस