धरान / फेसनको राजधानी भनेर चिनिने धरानमा चार बर्षको अन्तरालमा भब्य फेसन शो आयोजना हुने भएको छ ।गत वर्ष एसडब्लु फेसन प्यारेड २०७२ आयोजना गरेको भिंटेज इभेन्ट्सको आयोजनामा एसडब्लु फेसन प्यारेड -२ आगामी फाल्गुन २७ गते धरान १५ स्थित इजी राइडर्स होटलको प्रागनमा आयोजना हुनेभएकोछ।
गएको बर्ष स्थानीय मोडलहरु र स्थानीय बुटिकको सहभागितामा एस डब्लु फेसन प्यारेड २०७२को सफल आयोजना पछि भिंटेज इभेन्ट्सले त्यसै इभेन्टको निरन्तरता गर्दै राष्ट्रिय स्तरका र स्थानीय चर्चित मोडलहरु संगै नया मोडलहरुको पनि सहभागिता गराएर भब्य फेसन शो आयोजना गर्ने तयारी गरेको हो ।
फाल्गुन दोस्रो हफ्ता नया मोडलहरुको अडिसन आयोजना गरेर ट्रेनिङ समेत दिईने भिंटेज इभेन्ट्सका एस डब्लु लामिछानेले बताए ।नया पुराना गरि १८ देखि २२ जना मोडलहरुको सहभागिता शोमा रहने छ । लाइट ,साउण्ड तथा स्टेजको कम्बिनेसन मिलाएर पुर्वकै भब्य फेसन शो हुने लामिछाने बताउछन् ।
ट्रेडिसनल , मोडर्न ,क्याजुअल ,सारी लगायतको स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित बुटिकका डिजाइनमा मोडलहरुले र्याम्प नाप्नेछन् ।चार बर्ष अघि धरानमा आयोजना भएको फेशन ट्रेन्ड्स २०१२ र ट्रेन्डसेट्रस पछिको ठुलो फेसन शोको रुपमा आयोजना हुने उक्त शोको इभेन्ट म्यानेजमेन्ट सिल्भर इन्टरटेनमेन्टले गर्नेछ ।