Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /अर्थ
अर्थ

आयुर्वेद औषधिमा लगानी असुरक्षित

ब ब्लाष्ट खबर माघ २३, २०७३ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
आयुर्वेद औषधिमा लगानी असुरक्षित

काठमाडाैं/ नेपालमा सञ्चालित सानाठूला ८६ बढी आयुर्वेद औषधि उद्योगका सञ्चालकले आफुहरुले गरेको लगानीको सुरक्षा नभएको गुनासो गरेका छन् ।

आयुर्वेद उद्योगमा करिब रु ९० करोडको लगानी भएको भए पनि व्यावसायिक सफलता पाउन नसक्दा लगानी जोखिममा परेको उनीहरुको भनाइ छ । नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घका महासचिव तथा अनमोल आयुर्वेद प्रालिका सञ्चालक मानबहादुर साउदले खुला सिमानाका कारण भारतमा उत्पादन भएका औषधि सहजै नेपाली बजारमा उपलब्ध हुँदा आयुर्वेद उद्योगमा गरिएको लगानी धरापमा परेको बताएका छन् । सरकारले पनि स्वदेशी उद्योगलाई प्रोत्साहन नगरी भारतीय उद्योग र औषधिलाई प्राथमिकता दिएको उनको आरोप छ । “खुला सीमाका कारण भारतीय औषधि सहजै नेपाल भित्रने गरेको छ । भारतीय उत्पादनका लागि नेपालमा प्रचारका लागि छुट्टै खर्च गर्नुपर्दैन । भारतमै प्रचार गरे पनि नेपाललाई पुग्छ । फेरि नेपालमै उत्पादित जडीबुटी सस्तोमा भारत निर्यात गरिन्छ र महँगोमा फेरि नेपालमा आयात गरिँदै आएको छ,” साउदले भने । सरकारले नेपालमा पाइने जडीबुटीको सङ्कलन र प्रशोधन गर्न नसक्दा दोहोरो मारमा परेको सङ्घका अध्यक्ष विनोद पौडेल बताउछन् । सगरमाथा आयुर्वेद उद्योगका सञ्चालक समेत रहेका पौडेलले सरकारले यहाँ पाइने जडीबुटीको सङ्कलन र प्रशोधनका लागि केन्द्र खोलेर व्यवस्थित गर्नुपर्ने बताए । गोरखनाथ हर्बास्युटिकलका सञ्चालक राजेन्द्र बस्नेतले सरकारले अन्य उद्योग खोल्न सहुलियत व्यवस्था गरेको भए पनि आयुर्वेद उद्योगका लागि कुनै व्यवस्था नगरेको गुनासो गरे । उनले सरकारले स्वदेशी उद्योगलाई बेवास्ता गरेको र कानुनी अड्चन मात्र बनाएको आरोप लगाउनुभयो । स्वदेशमा सञ्चालित आयुर्वेद उद्योगलाई व्यवस्थित गरेर गुणस्तरीय उत्पादन गरी बजारीकरण गरे आर्थिक विकाससँगै सयाँै नागरिकले रोजगारीको अवसर पाउने सञ्चालक बताउँछन् । यसैबीच, नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घमा नयाँ कार्यसमिति चयन भएको छ । सङ्घको चौथो वार्षिक साधारणसभाले पुनः विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । साधारणसभाले उपाध्यक्षमा रामचन्द्र पन्थी, महासचिवमा मानबहादुर साउद, सचिवमा चन्द्रकान्त खनाल र कोषाध्यक्षमा सुमन पाण्डेलाई चयन गरेको छ । सदस्यहरुमा श्रीकृष्ण श्रेष्ठ, राजेन्द्र बस्नेत, श्यामकाजी तिमिल्सना, शम्भु अग्रवाल, दूर्गा बस्याल, महेन्द्रराज ब्रजाचार्यलाई चयन गरेको महासचिव साउदले जानकारी दिनुभयो ।

रासस

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना
कार्तिक ७, २०८३
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
कार्तिक ७, २०८३
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
कार्तिक ६, २०८३
छापा संस्करण [ePaper]
  1. आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना
    कार्तिक ७, २०८३
  2. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    कार्तिक ७, २०८३
  3. पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
    कार्तिक ६, २०८३
  4. पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
    कार्तिक ६, २०८३
  5. विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट
    कार्तिक ६, २०८३
  6. विजयादशमीले सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत गर्छ : मुख्यमन्त्री कार्की
    कार्तिक ५, २०८३
  7. आज विजयादशमी : टीकाको शुभ साइत १०:२६ बजे
    कार्तिक ५, २०८३
  8. चोरीका गरगहनासहित महिला पक्राउ
    कार्तिक ४, २०८३
  9. हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
    कार्तिक ४, २०८३
  10. अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा
    कार्तिक ४, २०८३
  11. आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै
    कार्तिक ४, २०८३
  12. एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण
    कार्तिक ३, २०८३
  13. एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
    कार्तिक ३, २०८३
  14. सप्तकोशीमा बेपत्ता युवक मृत भेटिए
    कार्तिक ३, २०८३
  15. श्रीमुक्तिनाथ रथयात्राः मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि
    कार्तिक ३, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड