धरान/नेपाली बृहत् शब्दकोशमा प्रेमको अर्थ कुनै विषय, वस्तु वा व्यक्तिका स्वभाव एवम् गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता, अनुराग भन्ने जनाउँदछ । छोटोमा भन्दा एक–अर्काप्रति हुने आकर्षण नै प्रेम हो । प्रेम जीवनको अभिन्न सारथि हो । यो बिना संसार अडिन सक्दैन । यस्ता शब्दावलीहरु समाजमा प्रशस्तै सुनिने गरिन्छ । किस्साका रुपमा रहेका छन् । पछिल्लो समय पश्चिमा संसारबाट भित्रिएको ‘प्रेमदिवस’ नेपाली मनहरुमा पनि स्थान लिन थालेको छ ।

त्यसैले त नेपालमा प्रेम दिवसलाई लक्षित गरेर ४० लाखभन्दामाथि गुलाबको फूल तेस्रो देशबाट आयात हुन्छ । ती फूलहरु प्रेमीप्रेमिकालाई जोड्ने ‘प्रेम दिवस’ भइदिन्छ । प्रेमको अवसरको खोजीमा रहेकाहरुले यसै दिनलाई आजकल विशेष दिनको रुपमा हेर्ने गर्दछन् । कतिपयले यही दिनलाई कुरेर आफ्नो प्रेमको प्रस्ताव गर्छन् । र, दिगो प्रेमको आलिङ्गनमा रमाउन खोज्छन् । हुन त प्रेम गर्नेहरुको लागि ‘प्रेमदिवस’ नै चाहिँदैन । त्यही अवसरको पर्खाइमा हुँदैनन् । ‘प्रेमको लागि विशेष अवसर चाहिँदैन’ यसै भन्छन् आउटसाइडर ब्याण्डका ब्याण्ड मेम्बर तथा गायक डिल्ली फोम्बो ।

तर, उनी पनि पछिल्लो समय ‘प्रेमदिवस’ पर्वकै रुपमा विकसित भएर गइरहेको अनुभूति गर्छन् । उनको बेलामा प्रेमदिवसले त्यत्रो अर्थ राख्दैनथ्यो । धेरै प्रेममा परे, तर, कुनै प्रेम पनि प्रेम दिवसकै रुपमा लिएनन् । ‘प्रेमदिवस थाहा भएर प्रेम गरिएन । कस्तोलाई प्रेम भन्ने त्यो नै थाहा भएन’ –उनी भन्छन् । पवित्र प्रेमलाई विशेष अवसरसमेत कुर्नु पर्दैन भन्ने तर्क राख्ने गायक फोम्बोले अहिले त्यो दिनमा आफ्नो श्रीमतीसँग बाहिर खाना खाने र प्रेमोपहार प्रदान गर्ने गर्छन् । त्योभन्दा फरक हुँदैन उनको लागि प्रेमदिवस ।

तर, यो दिन गायिका विष्णु चेम्जोङ र संगीत एरेञ्जर निर्मल मगरको भने संयोगकै कारण हुन सक्छ विशेष दिन हुँदैछ । त्यही दिन यी जोडीले ११ वर्षे लामो प्रेमलाई मूर्त रुप दिँदै छन् । उनीहरुको लागि यो नै प्रेमोपहार हुनेछ । निर्मल भन्छन्, ‘हाम्रो लागि भ्यालेन्टाइन संयोग नै हो । स्पेशल्ली दिनमै हाम्रो विवाह हुँदै छ ।’ विष्णु र उनीबीचको प्रेमको यो अटुट सम्बन्धमा उनले एकपटक मात्रै भ्यालेन्टाइनको अवसरमा गुलाब दिन भ्याएका थिए । तर, त्यो बेला उनीहरुको प्रेम सायदै अङ्कुराएको होस् । उनी भन्छन्, ‘साथीको रुपमा प्रेम अघि बढ्यो । त्यो भएर भ्यालेन्टाइनमा सेलिब्रेट गरेको २००७ मै हो ।’

  • ‘साथीको रुपमा प्रेम अघि बढ्यो । त्यो भएर भ्यालेन्टाइनमा सेलिब्रेट गरेको २००७ मै हो ।’
  • उनीहरुको भेट २००५ मा भयो, एक औपचारिक कार्यक्रम मार्फत् । अहिले २०१७ को प्रेमदिवसकै दिन उनीहरुको लामो प्रेमले सार्थकता पाउँदै छ । ‘हामीबीचमा फ्रेण्डसिपकै रुपमा लामो समय गुज्रियो 

तर, त्यो कुरा विष्णुले भुलिसकिछन् । ‘मलाई लाग्दैन निर्मलले मलाई भ्यालेन्टाइनको विशेष उपहार दिएको होस् । तर, मैले बिर्सेको पनि हुन सक्छु ।’ उनीहरुको भेट २००५ मा भयो, एक औपचारिक कार्यक्रम मार्फत् । अहिले २०१७ को प्रेमदिवसकै दिन उनीहरुको लामो प्रेमले सार्थकता पाउँदै छ । ‘हामीबीचमा फ्रेण्डसिपकै रुपमा लामो समय गुज्रियो । हामीलेभन्दा पनि

अन्यले हाम्रो केमेष्ट्रीलाई वाच गर्नुभएको रहेछ’ विष्णु भन्छिन्, ‘त्यसपछि मात्रै हामीले हो कि क्या हो जस्तो लागेर आयो ।’ उनको जीवनकालमा प्रमोपहार दिनेहरु धेरै थिए । तर, करिअरलाई ध्यान दिएकै कारण त्यस्ता प्रेम प्रस्तावहरुलाई सालिन ढङ्गले इन्कार गर्थिन् विष्णुले । र, निर्मल पनि उस्तै सोच्थे । करिअर नै सबैथोक हो भनेर लागिपरेकै कारणले धेरै प्रेमका प्रस्तावहरुलाई उनले पनि अघि बढाएनन् । ‘सायद, विष्णुको लागि निर्मल र निर्मलको लागि विष्णु थियौं होला’ –विष्णु मुख खोल्छिन् । संगीतमा भिजेकाहरु प्रेमदिवसलाई सेलिब्रेट गर्ने मौका कमै पाउँछन् । किनकी उनीहरु सांगीतिक कन्सर्टमा रमाउने कारण पनि व्यस्त समयलाई कटाएर प्रेमोपहार लिने समय हुँदैन ।

प्रेमोपहारको अनुभूति नगरेकी गायिका जुनु प्रसाई पनि प्रेमको लागि भ्यालेन्टाइन नै पर्खनु पर्छ भन्ने पक्षमा छैनन् । तर, भ्यालेन्टाइनको दिन भने आफ्नो केटी साथीहरुबाट गुलाबको फूल नपाएकी भने होइनन । ‘तर, हाम्रो केटी साथीमै सीमित हुन्थ्यो । त्यसरी केटाले नै दिएको याद छैन । अन्य बेला नै बरु पर्पोज गर्थे’ –उनी भन्छिन् । वैवाहिक जीवनमा गाँसिएपछि भने उनी श्रीमान्बाटै प्रेमोपहार साटासाट भएको अनुभूति गर्छिन् । कलाकारहरु भएपछि प्रस्ताव आउने कुरालाई नकारात्मक रुपमा लिँदिनन् उनी । तर, जीवनमा करिअर नै महत्वपूर्ण भएकाले त्यस्ता प्रेमोपहारहरुलाई उनले सहर्ष स्वीकारिनन् । यो वर्ष श्रीमान्सँग भ्यालेन्टाइन मनाउने सोचमा छिन् ।