बीबीसी/सेक्स भिडियोले केही नबिगारेपनि तर उनले भनेको एक वाक्य उनको बर्बादीको भागिदार बन्यो । भिडियोको एक ठाउँमा उनले सोध्छिन्, ‘तिमिले भिडियो बनाइरहेको छौ, ब्रावो १’ मानिसहरुमाझ उनको यो वाक्यले यस्तो सन्देश पुर्यायो – उनी मनमौजी महिला हुन् जसलाई सेक्स गरिरहेको बेला क्यामरामा कैद हुन मनपर्छ । ‘भिडियो खिचिँदा यति खुसी छिन्, आफ्नो यस्तो भिडियो अरुले हेर्दा उनलाई केही समस्या हुँदैन’ भिडियो हेर्ने मानिसहरुले उनीबारे यस्तै धारणा बनाए । तर इटालीका मानिसहरुले उनको भिडियो मात्र हेरेनन्, उक्त कमेन्टसँगै उनी तस्बिर, टिसर्ट र वेबसाइटमा देखिन थालिन् । संदेश यो गयो कि यो सबै गरेर उनी निकै खुसी थिइन् । उनले पनि यसको सामना गर्ने निर्णय गरिन् । तर भाइरल भइसकेको भिडियोलाई उनले हटाउन सक्ने कुनै सम्भावना थिएन । उनले उक्त मुद्दालाई अदालतमा पुर्याइन् । आफ्नो सहमती बिना उक्त भिडियोलाई सार्वजनिक साइटमा हालिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । तर यी सबै कुरा गरिरहँदा उनको जीवन सामान्य भएन । उनकी आमा मारिया टेरेसा गिल्लयोका अनुसार उनी बाहिर निस्कन छोडिन् । कैयौँ हप्ताको मानसिक तनाव झेलेपश्चात् उनकी आमाले छोरीमाथि परेको बज्रपात पत्रकारसामू बताउने हिम्मत जुटाइन् । उनले बीबीसीलाई भनिन्, ‘मेरी छोरी निकै साधारण थिइन् तर उनलाई प्रभावित गर्न सकिन्थ्यो । उनी जन्मेदेखि नै उनले बुवाको साथ पाइनन् । मेरी छोरीले बुवाको माया कहिले पाइन । यसको असर उनको जीवनभर रह्यो ।’ टिजियाना आफ्नी आमासँग बस्दथिन् । उनी इटालियन गायकको गीत रुचाउँथिन्, उपन्यास पढ्थिन् र पियानो बजाउँथिन् । तर सेक्स भिडियो अनलाइनमा सेयर भएपछि उनको व्यवहार पूर्ण रुपमा परिवर्तन भयो । उनी आफूमा नै हराउन थालिन् ।’ गत सेप्टेम्बरमा नेपल्सका एक अदालतले उक्त भिडियोलाई वेबसाइट र सर्च इन्जिनबाट हटाउन आदेश जारी गर्यो । तर अदालतले उनलाई कानूनी खर्चका लागि करिब २२ हजार डलर भुक्तानी गर्नुपर्ने आदेश गर्यो । यी सबै कुरा सुल्झिएको जस्तो देखिएको थियो । सन् २०१६ को सेप्टेम्बर १३ तारिखमा मारिया टेरेसा स्थानीय टाउन हलमा कामको लागि निस्कएकी थिइन् । छोरी घरमा नै थिइन् । तर त्यस दिनको स्मरण गर्दै उनले भनिन्, ‘मेरो आफन्तको फोन आयो र मलाई घर बोलाए । जब म घर पुगें तब त्यहाँ एम्बुलेन्स र पुलिस देखें । मैले बुझें । उनलाई बचाउन कोसिस गरियो । मेरा छिमेकीले मलाई कारबाट बाहिर निस्कन दिएनन् । म लगभग बेहोस भएकी थिएँ । उनीहरुले मलाई घरभित्रसमेत जान दिएनन् । मैले उनलाई अन्तिम पटक देख्न पाइनँ । जुन दिन उनको मृत्यु भयो मेरो जीवन पनि समाप्त भयो ।’ टिजियानको मृत्युपश्चात् उक्त भिडियो अझ बढि खोजेर हेर्न थाले । उनकी आमाले पनि उक्त भिडियो हेरिन् । ‘म वास्तविकतालाई बुझ्नका लागि त्यो सबै हेर्न चाहन्थें । भिडियोमा देखिएकी ती महिला मेरी टिजियाना होइनन् । ’ उनकी छोरीलाई नशालु औषधी खुवाएर यस्तो गरिएको हुनसक्ने उनको आशंका छ । उनी भन्छिन्, ‘यो सबै आपराधिक षड्यन्त्र थियो ।’ उनकी छोरीका पूर्व प्रेमी डि पालोको भिडियो शेयर हुन उनको के भूमिका छ, त्यो जान्न चाहन्छिन् । ‘उनले मेरी छोरीको जिन्दगी बचाउन मलाई सहयोग गरेनन् । तर सायद उनले वास्तविक कुरा थाहा पाउन सहयोग गर्नेछन्,’ उनले भनिन् । इटाली र युरोपेली संघका अन्य देशहरुले नीजि अपलोडलाई इन्टरनेटबाट तत्काल हटाउने तरिका विकसित गर्नुपर्ने मारियाको माग छ ।