तरहरा (सुनसरी) इटहरी १४ की २२ वर्षिय जाकिरा खातुन न्याय माग्न इलाका प्रहरी कार्यलय धाउँदै छिन । करीव ४ वर्ष अगाडी पकलीका अफतार मियाँ सँग विवाह बन्धनमा वाधिएकी खातुनलाई अहिले पिडा माथी पिडा थपिएपछि न्याय माग्न वाध्य छिन । परीवारको सदस्यकै राजीखुसीमा विवाह बन्धनमा वाधिएकी खातुनको श्रीमानबाट सन्तान नभएको झन्दै सासु ससुराले ६ महिना अगाडी जवरजस्ती आफ्नै देवरसँग विवाह गराईदिएका थिए । उनले भनिन सासु ससुराले घरको इज्यत जाने भन्दै देवर सँग सँगै जवरजस्ती वस्न लगाए । करीब ६ महिना अघि अफतार सँग जिल्ला अदालतमा सम्वन्ध विच्छेद गरी देवर जाविर मियाँ सँग वसे लगातै गर्भ वसेको उनको भनाई छ । मलाई असाध्यै अन्याय भयो इलाका प्रहरी कार्यलय इटहरी परिसरमा भेटिएकी उनले भनिन आफुहरुलाई झुक्याएर नपुङसक सँग विवाह गराई दिएको भन्दै दुखेसो गरीन परिवारकै जवरजस्तीले देवर सँग सुत्न वाध्य भएको उनको भनाई थियो । आफुलाई सासु ससुराले ठुलो छोरा सँग छोराछोरी भएन जाविर सँग वस्न र नानी मात्र जन्माईदिन आग्रह गरे पछि आफु राजी भएको खातुनको भनाई थियो । गाउँघरमा इज्यत गएको भन्दै देवर सँग वसेर भए पनि नानी जन्माउँन पर्छ भन्दै जवरजस्ती गरेको उनको भनाई थियो । तर गर्भ वसे सँगै देवर जाविरलाई पनि विभिन्न वहनामा टाडा वनाउँन खोजी सुधार केन्द्रमा हाले सँगै चार महिनाको गर्भ वोकेर प्रहरी कार्यलयमा न्याय माग्न आएको उनको भनाई थियो । सासु ससुराले असाध्यै पिडा दिएको भन्दै उनले भनिन आफै देवर सँग विवाह गराए अहिले टाडा वनाईदिए म कहाँ जाऔ हजुर ? उनको प्रश्न थियो । खातुनको वुवा महमदले आफ्नो छोरीको भविष्यमा ठुलो खेलवाड भएको गुनासो गरे । जालझेल गरी नपुङसक अफतार सँग विवाह भएको र परिवारले आफ्नै देवर सँग विवाह गराउँनु दुखद कुरो भएको भन्दै आफुहरुलाई न्याय दिलाउँन माग गरे । हाम्रो परिवारलाई असाध्यै पिडा भएको छ उनले भने । जाविरलाई पनि छुटाउँनको लागी विभिन्न वहाना गरेको भन्दै उनले आपत्ती जनाएका छन ।

यता जाविर मियाँले भने दाईबाट बच्चा नभए पछि आफु सँग खातुन वसेको वताए । उनले म श्रीमती वनाएर राख्छु भन्दा परिवारलृ आफुलाई नै विभिन्न वहानमा सुधारकेन्द्रमा हालेको वताए । खातुनको गर्भ मेरो हो म उस्लाई सँगै राख्छु उनले भने । इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेशराज सुवेदीले परिवारले नै दाजुबाट छुटाई भाई सँग विवाह गराई भाईलाई पनि केटीबाट छुटाउँन सुधार केन्द्रमा हालेको वताए । इलाका प्रहरी कार्यलय इटहरीले मगंलवार नै पचरुखीमा रहेको फेलोसी पाउण्डेशनबाट जाहिरलाई उद्धार गरेको छ ।