खानपानको गलत बानीको कारणले पेटमा ग्याँस जम्मा हुनु वा पानी जम्मा भएर पेट फुल्ने गर्छ ।

आजकाल धेरै मानिसहरुमा बारम्बार यो समस्या देखिने गरिन्छ । यो सामान्य जस्तो लागे पनि यस्ता समस्याले धेरै मानिसहरु हैरान भएका छन् ।

चिकित्सकहरुको सल्लाह अनुसार खानपान गरियो भने यसबाट बच्न सकिन्छ । थाहा पाइराखौं पेट फुल्ने समस्या हटाउने सजिलो घरेलु तरिकाहरु :

१. चिया कफि कम पिउनु्होस् : यसमा हुने क्याफिन र पोलिफेनोल्सले ग्यास्ट्रिक एसिड बनाएर पेट फुलाँउछ । २. सोडा वा कोल्ड ड्रिङ्क्स नपिउनुहोस् : यसमा हुने एसिडिक गुणा र कार्वनडाइअक्साइड ग्याँसले पेट फुलाँउछ । ३. नुन कम खानुहोस् : यसमा सोडियम हुन्छ, जसले तलर पदार्थलाई सोसेर पेट फुलाँउछ । ४. पोटासियम धेरै हुने खानेकुरा खानुहोस् : केरा , पालक, मेवा, सुन्तला, टमाटर जस्ता फलफुल र सागसब्जी खानाले सोडियम ब्यालेन्स हुन्छ । ५. ज्वानो खानुहोस् : यसको प्राकृतिक डाइयुरेटिक गुणले पेटमा जमेको एक्स्टा पानी र ग्याँसलाई तुरुन्तै निकाली दिन्छ । ६. पानी धेरै पिउनुहोस् : दिनभरमा ८–१० गिलास पानी पिउनालेपाचन प्रणाली राम्रो हुन्छ । पेट फुल्ने समस्याबाट राहत मिल्छ । ७. दही खानुहोस् : यसमा हुने प्रोबायोटिक्स गुड ब्याक्टेरियाले पेटमा फसेको ग्याँसलाई बाहिर निकालिदिन्छ । ८. फाइबर धेरै हुने खाना खानुहोस् : गहँुको पिठो, दालहरु जस्ता फाइबर धेरै हुने खाना खानाले पेट सफा हुन्छ । ग्यास्ट्रिकको समस्या हुँदैन । ९. नरिवल पानी, कागती पानी पिउनुहोस् : यो प्राकृतिक डाइयुरेटिक र लेक्सेटिभ हुन्छ । यसले पेट सफा राख्छ र सोडियम सन्तुलनमा राख्छ ।