भिन्न भिन्न यौन रुझान भएका महिलाहरुमा चरमोत्कर्षको स्तर भिन्न हुने गर्दछ । कुनै पुरुष वा लेस्बियन वा बाइसेक्सुअल मानिसहरुको तुलनामा एक सामान्य महिला सहवासको क्रममा कम नै चरमोत्कर्षमा पुग्ने गर्दछन् ।

बाइसेक्सुअल ती मानिसहरु हुन् जो महिवा वा पुरुष दुबैसँग सम्बन्ध स्थापित गर्दछन् । यो कुरा अमेरिकामा ५२ हजार ६ सय मानिसहरुमाथि गरिएको अध्ययन पश्चात् निकालिएको निष्कर्ष हो ।

उक्त अनुसन्धानमा महिला–पुरुष वा भिन्न प्रकारका यौन रुझान भएका व्यक्तिहरुमा यौनसम्बन्धको क्रममा हुने चरमोत्कर्षबिच कति अन्तर हुन्छ भन्ने विषयमा अध्ययन गर्ने कोसिस गरिएको छ ।

अर्काइभ अफ सेक्सुअल बिहेबियर नामबाट गरिएको यो अध्ययनको नतिजाका अनुसार धेरैभन्दा धेरै चरमोत्कर्षका लागि जोडीले आफ्नो यौन व्यवहारमा परिवर्तन ल्याउन सक्छन् ।

यसमा मुख मैथुन र आफ्नो साथीलाई प्रेमले छुने र सुम्सुम्याउने समावेश छन् । अध्ययनमा इन्डियाना विश्वविद्यालय, च्यापम्यान विश्वविद्यालय, क्लेयमन्ट ग्राजुएट विश्वविद्यालय समावेश थिए ।

यस अनुसार साधारणतया चरमोत्कर्ष हाँसिल गर्नेहरुको अनुपात यस्तो थियो ।

– ६५ प्रतिशत सामान्य महिला – ६६ प्रतिशत बाइसेक्सुअल महिला – ८६ प्रतिशत समलिङ्गी महिला – ८८ प्रतिशत बाइसेक्सुअल पुरुष – ८९ प्रतिशत समलिङ्गी पुरुष – ९५ प्रतिशत सामान्य पुरुष अध्ययन गर्ने समूह भन्छ, ‘यद्यपी अध्ययनले यो कुराको संकेत गर्दछ कि चरमोत्कर्षका बिच यो भिन्नतालाई कम गर्न सकिन्छ ।’ समूह भन्छ, ‘तथ्य यो छ कि एक समलिङ्गी महिला कुनै सामान्य महिलाको तुलनामा साधारण रुपमा अत्यधिक चरमोत्कर्ष हाँसिल गर्दछिन् । यसले यो इशारा गर्छ कि कुनै सामान्य महिलाले चरमोत्कर्ष हाँसिल गर्ने दर अत्यधिक हुनसक्छ ।’ अध्ययनको नतिजा अनुसार केही सामान्य महिलाहरु दैनिक यौनसम्बन्धमार्फत चरमोत्कर्षमा पुग्ने गर्दछन् । अध्ययनबाट यो पनि पत्ता लाग्छ कि यौनसम्बन्धका बेला हुने अन्य गतिविधिका साथै मिलेर गरिने मुख मैथुनको एक भिन्न महत्व छ । धेरै मुखमैथुनमार्फत धेरै चरमोत्कर्ष हाँसिल गर्ने विषयमा सामान्य महिला, समलिङ्गी महिला, बाइसेक्सुअल महिला, समलिङ्गी पुरुष र बाइसेक्सुअल पुरुषमा एक समान ढाँचा छ । सामान्य पुरुषमा मात्र केही लिंक भेटिएन । महिलामा अत्यधिक चरमोत्कर्षसँग जोडिएको व्यवहार यस्ता छन्ः – बेडमा आफूलाई के के मनपर्ने बारे खुलेर आफ्नो पार्टनरलाई भन्ने – बेडमा आफ्ना पार्टनरले गरेका गतिविधिहरुका लागि आफ्नो पार्टनरको तारिफ गर्ने – कुनै कामूक कुरा गर्नका लागि पार्टनरलाई फोन गर्ने वा इमेलमा केही लेखेर छोड्ने – सेक्सी अन्तःवस्त्र लगाउने – भिन्न भिन्न पोजिसनमा सेक्स गर्ने – आफ्नो यौनेच्छाबारे कुरा गर्ने – सेक्ससँग सम्बन्धित कुरा गर्नु र प्रेम देखाउनु अध्ययनमा समावशे वैज्ञानिकका अनुसार महिला–पुरुषको चरमोत्कर्ष हाँसिल गर्नका लागि भिन्न समाजवादी र विकासवादी कारक पनि हुन्छ ।