एजेन्सी/ अमला जहाँ पनि देखेको हुन्छौ र खाइरहेका पनि हुन्छौ । तर यसको महत्वाबारे धेरैलाई थाहा नहुनसक्छ । यसले हाम्रो शरीरका विभिन्न रोगहरु निदान गर्न समेत भूमिका खेल्छ । हाम्रा ज्ञानेन्द्रीयहरुमा देखा पर्ने विभिन्न कमजोरी र रोगहरु न्यून गर्न समेत भूमिका खेलेको हुन्छ ।
अमलाका फाइदाहरु
– गर्भवती स्त्रीको लागि अमला अति आवश्यक छ । यसले मुहारमा निखार ल्यान मद्धत गर्छ ।
–अमलाको एक दानाले अत्याधिक बल प्रदान गर्न मद्धत गर्छ ।
– यो फलले ब्ल्डप्रेसरलाई सन्तुलजमा राख्न समेत मद्धत गर्छ ।
–यसले टुटेका र फुटेका हड्डीलाई समेत जोड्न मद्धत गर्छ ।
–यो फलले मूत्रथैलीमा पत्थरी हुनबाट समेत जोगाउँछ ।
–यसको रसमा शहद मिलाएर खाएमा मधुमेहका लागि समेत लाभ हुन्छ ।
–बेलुका सुत्ने बेलामा पानीमा अमलाको रस मिलाएर खाएर सुत्दा पेट सफा हुनुका साथै पाचन शक्ति बढ्छ।
– बिहानै ताजा अमलाको रस लगत्तै दुध पिउँदा स्वास्थ्य राम्रो हुनुका साथै दिनभर निकै फ्रेस होइन्छ । मस्तिष्कको विकास हुन्छ र स्फूर्तिलो समेत बनाउछ ।
–अमलाको रस पिउँदा आखाँको ज्योति बढाउँछ ।
–गर्भअवस्थामा उल्टी भइरहन्छ भने यसको रस पिउँदा फाइदा हुन्छ ।
–अमलाको रसलाई मिलाएर मुहारमा प्रयोग गरे यसले दाग समेत हटाइदिन्छ ।
–गर्मीमा चक्कर लाग्छ र घमौरा आउँछ भने अमलाको सर्वत बनाएर पिउन नभुल्नुस् ।
–स्वर बसेको छ भने पनि यसको निदानका लागि अमलाको रस खाँदा राम्रो हुन्छ ।
–यसले बुढ्यौलीलाई पनि पर सार्न मद्धत गर्दछ । २ चम्चा रोटीसँगै खाने गरेमा यसले बुढ्यौलीलाई हटाएर जवानी देखाउन ठूलो मद्धत गर्ने प्राकृतिक चिकित्सकहरु बताउँछन् ।