एजेन्सी/ चुरोट स्वास्थ्यको लागी हानीकारक हुन्छ। धुमपानको कारण शरिरमा लाग्ने विभिन्न दिर्घकालीन रोगको बारेमा प्राय सबैलाई थाहा छ । यसको लत छुटाउने केहि टिप्स जानिराख्नुस्
१) चुरोट छोड्नको लागी एक विशेष दिन चयन गर्नुस् । त्यसदिन कहिल्यै चुरोट नखाने बाचा गर्नुस् ।
२) चुरोट छोड्नको लागी सेल्फ मोटिभेट हुन जरुरी छ।
३) यसको लत छुटाउन आफुलाई मनपर्ने काममा समय खर्च गर्नुस् । जसले चुरोट तान्ने बानी कम हुदै जान्छ ।
५) दैनिक ३० मिनेट नियमित योगाभ्यास गर्नुस् । यसले शरिर स्फुर्त राख्नुका साथै चुरोट पिउने बानी कम गर्छ ।
६) चुरोटको सट्टा चुइगम चपाउनुस् ।
चुरोट छोडेको ७२ घण्टा सबैभन्दा गाह्रो हुन्छ। जब यो ७२ घण्टाको समयअवधि सकिन्छ तब चुरोटको लत अस्वभावितक रुपमा कम हुन्छ। र लत छुटाउन सजिलो हुन्छ।