धरान/चौध वर्ष अघि प्रेमविवाहको परिणाम अन्ततः दुखद् अवस्थामा पुगेर टुंगिएको छ । [caption id="attachment_34566" align="alignnone" width="700"] पविला राई र रेखराज राई बसेको घरको अग्रभाग । हत्यापछि उनको सबै सामग्रीहरु आफन्तले पोको पारेर लाने क्रममा राखिएको अवस्था । तस्बिरहरुः भोजराज श्रेष्ठ [/caption] ओखलढुङ्गा उँबुचा गाविस–४ हाङकार्तिवका रेखराज राई र सोही वडा बलेतापुम गाउँकी पविला राईबीच २०६० सालमा भागेर बिहे गरेका थिए । त्यतिका समय अवधिपछि बैदेशिक रोजगारीका क्रममा कतारमा रहेका रेखराजले सोमबार साँझ करिव पौने ८ बजेतिर ढोकामा लगाइने ‘आग्लो’ प्रहार गरेर पत्निको हत्या गरेपछि उनीहरुको १४ वर्ष लामो प्रेमको दुःखद् अन्त्य भएको छ । उनीहरुले २०६४ सालमा धरानको पानमारामा लामो समय बसेर २०६७ सालदेखि धरान–१९ मा बस्दै आएका थिए । जुन् घरमा घटना भयो त्यो घरमा दुईवर्ष अघि मात्रै सरेको उक्त घरपेटीले बताइन् । बिहेको तयारीमा परिवार जात, धर्म, संस्कार मिलेता पनि उनीहरुले भागेर विहे गरेका थिए । ५–१० मिनेट वरपर घर भएकाले उनीहरुको दैनिक भेट हुन्थ्यो । पढ्ने क्रममै उनीहरुको भागेर बिहे गरेपछि परिवारले पनि सहज रुपमा स्वीकारेको थियो । भागेर बिहे गरेका उनीहरु केही समय काठमाडौं बसेर फर्किएपछि घरपरिवारले सामान्य टीकोटालो मात्रै गरिदिएको थियो । बिहेभोजसमेत नखुवाएका कारणले घरपरिवारले यसपटक बिहे गर्ने तयारी गरिरहेको थियो । तर, अचानक रेखराजले आफ्नै पत्निको हत्या गरेको खबर बुबा कृष्णचन्द्र राईले सुन्दा छक्क मात्रै परेनन्, सुरुमा पत्याउनै सकेनन् । तर, यथार्थ लुक्दैन् भनेजस्तै उनले आफ्नो बुहारीको हत्या छोराले गरेको धरान आइपुगेपछि थाहा पाए । किरात धर्म अनुसार राम्ररी सिधिविधिसमेत नगरेको बुबा कृष्णचन्द्र बताउँछन् । ‘बिहे पनि गरेको थिएन्, राई धर्म अनुसार सिधिविधि फुकाएको पनि थिएन् । सामान्य टिकोटालो गरिदिएको हो ।’ उनी भन्छन् । [caption id="attachment_34567" align="alignnone" width="576"] मृतक पविला । [/caption] हत्याको कारण पैसा हुन सक्ने रेखराजले बैदेशिक रोजगारी अन्तर्गत कतारमा १३ वर्ष कमाएको पैसा श्रीमती बुहारी पबिलाले सकिदियो भन्ने आशङ्का गरेको बुबा कृष्णचन्द्र बताउँछन् । उनका अनुसार २३ लाख ६० हजार रुपैया पबिलाले खर्च गरिदिएको छोराले आफूलाई गुनासो गरेको थियो । ‘त्यो पैसा केमा लगायो अत्तोपत्तो छैन् भन्थ्यो छोराले ।’ उनले भने । फागुन १९ गते श्रीमतीलाईसमेत जानकारी नगराई आइपुगेपछि उनी एकपटक परिवारलाई भेट्न घर पुगेका थिए । घरमा आफूसँग छोराले पैसाको बारेमा गुनासो गरेको उनी बताउछन् । ‘छोराले त्यत्रो पैसा यतै गाउमा लगाएको भए केही हुने रहेछ भन्दै गनगनिदैथ्यिो ।’ उनी भन्छन्, ‘२२ लाख रुपैया धेरै अघि र हालै पठाएको १ लाख ६० हजार रुपैया पैसा के ग¥यो भन्दै भनेको सुने ।’ जग्गाको पूर्जाहरु पनि बैंकमा छ भन्दै भनेको त्यसको पनि ४ लाख ७५ हजार रुपैया व्याजमात्रै छ भनेर छोराले भनेको उनले बताए । हरहिसावको विषयमै छोराबुहारीको झैझगडा भएको हुन सक्ने बुबा कृष्णचन्द्रले अड्कल काटे । तर, नाताले सोल्टी पर्ने राजेन्द्र राईका अनुसार बुहारीले खर्च गर्ने खाल्को देखिदैन् थियो । ‘त्यस्तो लाग्दैन, पैसा सक्ने पनि होइन्, बैंकमा लोन गरेर जग्गा किनेको थियो कि के थियो । त्यसको लागि पैसा पठाउ“दैन भनेर भन्थ्यो ।’ उनी भन्छन् । उनीहरुको फोनमा झगडा हुने गरेको नजिकका नातेदारहरु बताउछन् । [caption id="attachment_34568" align="alignnone" width="700"] पविला बसेकाे काेठा[/caption] ‘फोनमा डिसकस पर्छ भनेर सुनाउनुहुन्थ्यो दिदीले ।’ एउटै घरमा कोठा लिएर बस्ने बहिनी सानुकला राईले भनिन्, ‘भेनाले मलाई पैसा पठाइदि“दैन भनेर दिदीले भन्थ्यो ।’ विदेशबाट कमाएको पैसाले धरान–१९ प्रगतिचोकमा पाँचधुर जग्गा किनेको उनले बताइन् । त्यस्तै झण्डै डेढवर्षसम्म धरान–१९ मै साइवरसमेत चलाएर बसेकी थिइन् । उक्त साइबरमा प्रयोग भएका कम्प्युटरलगायतका सामग्री हाल भाडाको घरमा थन्क्याएर राखेको आफन्तले बताए । त्यसमा पनि केही लगानीहरु डुवेको हुन सक्ने बताइन्छ । यसरी भएको थियो घटना सोमबार होलीका दिन भएकाले रेखराजकै अनुमतिमा पविलाले पनि होली खेलेकी थिइन् । त्यो दिन रेखराज पनि खुसी थिए । रेखराजलाई पनि पबिलाले होलीको रङ्ग दलिदिएकी थिइन् र सँगै फोटोसमेत खिचेकी थिइन् । पछि पबिलाले अनुमति लिएर नै साथीहरुसँग होली खेलेकी थिइन् । तर, होली खेल्ने बेलामा पबिलाका साथीहरुले ‘तेरो श्रीमान रिसाउछ होला त जा’ भन्दै भनेका थिए । उनकै अनुमतिमा होली खेलेको भनेपछि साथीहरुले पनि उती वास्ता गरेनन् । होली खेलेर फर्किएकी उनी नुहाइधुवाई गरेपछि अघिल्तिर राजेन्द्र राईको घरमा केही क्षण बसेपछि पुनः लगत्तै कोठामा गएर टिभी हेर्न थालिन् । टिभी हेर्ने क्रममा रेखराजले ढोका बन्द गरेपछि पविलाले एन्जिला राई (नाताले छोरी पर्ने) लाई बोलाउदै ‘बडीलाई बोलाउ, अङ्कलले भित्रबाट कोठा बन्द गर्नुभयो’ भनेर मलाई बोलाएको उनले बताइन् । त्यसपछि बडी आएर ढोका खोल्नुभएको थियो । उनका अनुसार त्यसपछि सगै बसेर टिभी र आफूले चाही गेम हेर्दै गरेको अवस्थामा एकैपटक पछाडीबाट छेमालाई हान्नुभयो । मलाई पनि हान्नुहुन्छ होला भनेर म भागे । त्यतिखेर दाजू आयो र फुपाजू के गरेको यस्तो ? भनेर सोध्दा अङ्कल (रेखराज) चप्पल टिपेर भाग्नुभयो । हामीले छेमालाई उठाउँदा उठाउन पनि सकेनौं । उनले पनि त्यो घटना हुनु अघिसम्म झगडा भएको विषयमा आफूलाई जानकारी नभएको बताइन् । [caption id="attachment_34572" align="alignnone" width="720"] पविलालार्इ मर्चरीमा राखिकाे अवस्थाकाे तस्बिर [/caption] हत्याका केही संकेतः जुन् पबिलाले पहिल्यै थाहा पाएकी थिइन् फागुन १९ गते आइपुगेका उनले श्रीमतीलाई खुसी बनाउनको लागि मेकअपका सामग्रीहरु खरिद गरेर ल्याइएको आफन्तहरु बताउँछन् । त्यसअिघ कहिलेकाही मात्रै खाना खाने पविलाले पनि श्रीमानसँग सधैजस्तो खाना खाने गरेकी थिइन् । तर, रेखराज धरान आइपुगेपछि भने हरेक रात श्रीमती निदाइसकेपछि (निदाएको बाहाना गरेको अवस्थामा) सामानहरु खोज्ने, झोलाहरु खोज्ने गरेको पविलाले उनको साथीलाई बताएको आफन्तले बताए । ‘श्रीमती निदायो भन्ने भएपछि सामान खस्र्याङखुस्स्रुक गथ्र्यो अरे ।’ राजेन्द्र भन्छन्, ‘त्यो कुरा चाही पविलाले साथीहरुलाई भनेको थियो अरे । घटना भएको दिन पनि ढोका थुनेपछि एन्जिलालाई बोलाउ“दै भित्रबाट ढोका लगाएको छ ‘अङ्कल’ ले भन्दै बडीलाई बोलाउन लगाएर ढोका खोल्न लगाएको देखिन्छ । त्यस घटनाले पनि पबिलाले केही संकेत पाएको महसुस गर्न सकिने आफन्तहरु बताउँछन् । अझै फरार हत्या गरेर फरार रहेका रेखराज अझै फरार छन् । हत्यापछि उनी धरान–६ नम्बर वार्ड पानबारी पुगेको आफन्तहरुले बताएका छन् । त्यसपछि त्यहा केही समय रोकिएपछि घरमासमेत फोन गरेको पाइएको आफन्तले बताए । इलाका प्रहरी कार्यालय धरानका इनिस्पेक्टर राजेन्द्र पराजुलीका अनुसार श्यामचोकसम्म पुगेको भन्ने थाहा पाएको र उसको पछि प्रहरीहरु लागिरहेको छौं । चाडै नै पक्राउ हुन सक्ने सम्भावनाहरु जिवित रहेको इनिस्पेक्टर पराजुलीलले बताए ।