धरान/चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो सुन बरामद भएको छ ।रसुवागढी नाकामा बा १७ प २५७७ नम्बरको गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा सुन बरामद भएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । उनका अनुसार सुन आउन लागेको सूचना आएको थियो ।यो गाडी केरुङमा होटल ब्यवसाय गर्दै आएका स्याङ्जाका प्रकाश गैरेको भएको खुलेको छ ।
केरुङ नाकाबाट नेपाल भित्रिएको ७ किलो सुन बरामद
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































